इटाली
यो महंगीको जमानामा ७२ रुपैयाँमै आलिसान घर किन्न पाइने ? झट्ट सुन्दा पत्याउन सकिंदैन । तर अब पत्याउनुस वा नपत्याउनुहोस् । "/>

जहाँ ७२ रुपैयाँमै आलिसान घर पाइन्छ तर पनि किन्दैनन् मान्छेहरु….!

जहाँ ७२ रुपैयाँमै आलिसान घर पाइन्छ तर पनि किन्दैनन् मान्छेहरु….!

केन्द्रबिन्दु
0
Shares

इटाली
यो महंगीको जमानामा ७२ रुपैयाँमै आलिसान घर किन्न पाइने ? झट्ट सुन्दा पत्याउन सकिंदैन । तर अब पत्याउनुस वा नपत्याउनुहोस् । यो कुरा सुने पछि भने पत्याउन करै लाग्छ । ७२ रुपैयाँमा पाइने घर कुनै गरिब देशको अनकन्टार र दुर्गम ठाउँमा होइन । इटालीका चारवटा इलाकामा त्यहाँको सरकारले केवल ७२ रुपैयाँमै घर किन्नका लागि अफर गरेको छ ।

जिन्दगीमा एउटा घर सबैको सपनाको विषय हो र हुन्छ पनि । धेरै मानिस यसलाई पूरा गर्न सक्छन् त कसैले सक्दैनन् । घर बनाउन वा किन्न नसक्नेहरुका लागि जीवनभर घर सपनामा मात्र सिमीत नरहोस भन्नका लागि इटाली सरकारले ७२ रुपैयाँमै घर किन्न सक्ने योजना ल्याएको छ । अहिले त्यहाँको सरकारको यो घोषणा विश्वभर चर्चित पनि बनेको छ ।

समाचारमा जनाइए अनुसार इटालीको गाँगी, केरेगा लिगर, पिडमान्ट तथा लेकेनी मार्सी जस्ता इलाकाहरुमा सरकारले ७२ रुपैयाँमा घर दिने घोषणा गरेको छ । तर अचम्मको कुरा त के छ भने यति सस्तोमा यति राम्रा घर पाउँदा पनि त्यहाँका मानिसहरुले यी घरहरु किन्न चाहिरहेका छैनन् । उनीहरुको सोचाई के छ भने त्यो इलाकामा भूतको बास हुन्छ र त्यहाँ बसे देखि अभागी भइन्छ ।
एजेन्सी

Logo