अमेरिका
मानिसको पहिचान नै अनुहार हो तर त्यही अनुहार बिग्रियो भने के होला ? अमेरिकामा एक जना यस्ती बच्ची छिन् जसको अनुहार बिस्तारै बाँदरको जस्तो हुँदै गइरहेको छ । "/>

बालिकाको रुप एकाएक बाँदरमा परिणत भएपछि…!

बालिकाको रुप एकाएक बाँदरमा परिणत भएपछि…!

केन्द्रबिन्दु
0
Shares

अमेरिका
मानिसको पहिचान नै अनुहार हो तर त्यही अनुहार बिग्रियो भने के होला ? अमेरिकामा एक जना यस्ती बच्ची छिन् जसको अनुहार बिस्तारै बाँदरको जस्तो हुँदै गइरहेको छ । यी बच्ची जहाँ पुग्छिन्, त्यहाँ मानिसहरू उनलाई अचम्मले हेर्छन् । बच्चीको पूरा अनुहार रौंले ढाकिएको छ । उनलाई मानिसहरू मंकी फेस भनेर चिन्छन् ।

बच्चीको खास नाम सुपात्रा सासुफान हो । उनी अन्य सामान्य बच्चा जस्तै सबै काम गर्न सक्छिन् तर अनौठो रोगका कारण उनको अनुहार चाहिँ फरक छ । यो रोगलाई अम्ब्रास सिन्ड्रोम वा हाईपरट्राईकोसिस भनिन्छ । यो रोग लागेपछि अनुहार र जिउभरि नै रौं पलाउँछ । यस्तो समस्या देखेपछि परिवारले उनलाई लेजर उपचार गरिएको भए पनि ठीक भएन ।

सुपात्राका पिता समरुङका अनुसार उनी जन्मदा नै अस्वस्थ थिइन् । उनको नाकको दुवै प्वाल जम्मा एक मिलिमिटर चौडा थियो । त्यसैले गर्दा उनलाई ३ महिना सम्म इन्क्युबेटरमा राखिएको थियो । उनी १० महिना सम्म अस्पतालमा बसेकी थिइन् ।
एजेन्सी

Logo