जिम्बाब्वे ।

जिम्बाब्वेका पूर्व प्रधानमन्त्री मोरगेन चाङ्गिराइको बुधबार निधन भएको छ । "/>

क्यान्सरबाट पीडित पूर्व प्रधानमन्त्रीको निधन

क्यान्सरबाट पीडित पूर्व प्रधानमन्त्रीको निधन

केन्द्रबिन्दु
0
Shares

जिम्बाब्वे ।

जिम्बाब्वेका पूर्व प्रधानमन्त्री मोरगेन चाङ्गिराइको बुधबार निधन भएको छ । उहाँ यहाँको प्रमुख प्रतिपक्षी दलको नेता पनि हुनुहुन्थ्यो । 

स्थानीय समयानुसार बुधबार साँझ ६५ वर्षीय पूर्व प्रधानमन्त्री चाङ्गिराइको निधन भएको थियो । 

क्यान्सर रोगबाट पीडित उहाँको दक्षिण अफ्रिकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो । उहाँको निधनको जानकारी परिवारजनले दिएका छन् । 

चाङ्गिराइको निधनपछि एकजना उदाहरणीय लोकतन्त्रका योद्धालाई देशले गुमाएको सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणीहरु आएका छन् । 

उहाँले स्थापना गरेको एमडीसी पार्टीले पूर्वराष्ट्रपति रोबर्ट मुगाबे सत्तामा रहेका बेला निरन्तर चुनौतीको सामाना गर्नुपरेको थियो । 

मुगाबेको सत्ताको क्रममा चाङ्गिराइ र उहाँका समर्थकहरूले कैयौँ वर्षसम्म मुद्दा खेप्नु परेको थियो । 

उहँले पूर्व राष्ट्रपति मुगाबेविरूद्ध लामो राजनीतिक संघर्ष गर्नुपरेको थियो । सन् २००८ मा गठबन्धन सरकारमा सहभागी हुने उहाँको निर्णयले वर्षौँदेखिको उच्च मुद्रास्फितिपछि देशको अर्थतन्त्रलाई स्थिर बनाउन सघाएको थियो । रासस/एएफपी

Logo