काठमाडौं ।

विश्वका अर्बपतिहरुले सरकारलाई कति पैसा कर तिर्छ सबैको चासोको विषय रहन्छ । "/>

मुकेश अम्बानीले पूरै भारतलाई २० दिन पाल्न सक्छन्

मुकेश अम्बानीले पूरै भारतलाई २० दिन पाल्न सक्छन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वका अर्बपतिहरुले सरकारलाई कति पैसा कर तिर्छ सबैको चासोको विषय रहन्छ । त्यसमाथि पनि अर्बौ आम्दानी गर्ने मानिसले आफ्नो देश पूरै कति दिनसम्म पाल्न सक्छन् ? यस विषय झन चासोको कुरा हुन पुग्दछ ।

सन् २०१७ सालको अन्त्यसम्म अर्बपतिले कमाएको पैसाअनुसार अमेरिकाको अर्बपति जेफ बेजोसले पूरै अमेरिकालाई ५ दिनसम्म पाल्न सक्छन् । यसैगरी चीनको अर्बपति ज्याक माले पूरै चीनलाई ४ दिनसम्म पाल्न सक्छन् ।

आफ्नो देशलाई पाल्न सक्ने अर्बपतिमा नेपालको छिमेकी भारतीय नागरिक मुकेश अम्बानीले पूरै २० दिनसम्म पाल्न सक्ने तथ्याङ्कले देखाएको छ ।आफ्नै देशलाई पाल्न सक्ने अर्बपतिहरुमा स्पेनका अमन्सियो अर्टेगाले ४८ दिन, फ्रान्सका बेर्नाड अर्नउल्टले १५ दिन, ब्राजिलका जोग्रे पाउलो लेमानले १३ दिन, जर्मनीका डिइटेर स्वार्जले ५ दिन पूरै आफ्नो देशलाई पाल्न सक्छन् ।

यसैगरी हङकङका ली का सिंहले १ सय ९१ दिन र इटालीका गिओभान्नी फेरारोका परिवारले ९ दिनसम्म आफ्नो देशलाई पाल्न सक्दछन् । एजेन्सी

Logo