अल्जेरिया

स्वाईन फ्ल्युको नामले चिनिने ‘एचवान एनवान इन्फ्ल्युन्जा’का कारण अल्जेरियामा २१ व्यक्तिको मृत्यु भएको छ । "/>

स्वाईन फ्ल्युबाट २१ को मृत्यु !

स्वाईन फ्ल्युबाट २१ को मृत्यु !

केन्द्रबिन्दु
0
Shares

अल्जेरिया

स्वाईन फ्ल्युको नामले चिनिने ‘एचवान एनवान इन्फ्ल्युन्जा’का कारण अल्जेरियामा २१ व्यक्तिको मृत्यु भएको छ । सो रोगबाट उनीहरुको मृत्यु भएको घटनाको स्थानीय सरकारी अधिकारीहरुले राज्यद्धारा संचालित टेलिभिजनमा मङ्गलबार पुष्टि गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयको रोकथाम निर्देशक जामेल फौरारले दिएको जानकारी अनुसार स्वाईन फ्ल्युको संक्रमणबाट मृत्यु हुनेमा चार देखि ६५ बर्ष सम्मका नागरिकहरु रहेका छन । गत डिसेम्बरमा स्वास्थ्य मन्त्री मोख्तर हास्बेल्लाउइले कसैलाई पनि स्वाईन फ्ल्युको संक्रमण भएको स्विकार गरेका थिएनन् । तर जनवरीमा अल्जेरिया पास्चर इन्स्टिच्युटले स्वाईन फ्ल्युका कारण ३५ जना प्रभावित भएका घोषणा गरेको थियो ।
रासस/सिन्ह्वा

Logo