दक्षिण कोरियाको प्योंगचागंमा जारी विन्टर ओलम्पिक्सले अहिले विश्वको ध्यान खिचेको छ । विन्टर ओलम्पिक्सका खेलहरु भन्दा पनि अहिले सबै भन्दा बढी चर्चा सुधारिएको जस्तो देखिएको उत्तर कोरिया र दक्षिण कोरिया बीचको सम्बन्धले चुलिएको हो । "/>

दक्षिण कोरियामा किम र ट्रम्प संगसंगै ? ३ फोटो

दक्षिण कोरियामा किम र ट्रम्प संगसंगै ? ३ फोटो

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियाको प्योंगचागंमा जारी विन्टर ओलम्पिक्सले अहिले विश्वको ध्यान खिचेको छ । विन्टर ओलम्पिक्सका खेलहरु भन्दा पनि अहिले सबै भन्दा बढी चर्चा सुधारिएको जस्तो देखिएको उत्तर कोरिया र दक्षिण कोरिया बीचको सम्बन्धले चुलिएको हो । प्योंगचागंमा दुई चीर प्रतिद्धन्दि देशविच देखिएको खेल कूटनीतिले सम्पूर्ण विश्वलाई आश्चर्यमा पारेको छ ।

प्रश्नहरु उठ्न थालेका छन्, के सांच्चैनै उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको हो ? अमेरिकालाई बाइपास गरेर दुई कोरिया वार्ताको टेबलमा बस्लान ? अनि, उत्तरका सर्बोच्च नेता किम जङ उनकी बहिनीले दक्षिण कोरियाबाट के सन्देश लिएर जादैछिन् ?

नेता किमले आफ्नी बहिनीलाई विन्टर ओलम्पिक टोलीको प्र्रमुख बनाएर दक्षिण कोरिया पठाएका छन्, जसले दक्षिणका राष्ट्रपति मुन जेई इनसँगपनि भेटनार्ता गरिसकेकी छिन् ।

तर, यहां चर्चा गर्न लागिएको हो एउटा फोटोको, जसले विश्वलाई नै तरङ्गित बनाएको थियो । झट्ट हेर्दा सांच्चै झैं लाग्ने दुई चीरप्रतिद्धन्दि नेता किम जङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संगसंगै उभिएको यो फोटोले सबैलाई आश्चर्यमा पारेको थियो । तर, यो फोटो विन्टर ओलम्पिकका खेल हेर्न स्टेडियम पुगेका फ्यानहरुको हो, जो यी चीरप्रतिद्धन्दी नेताको भेषमा सजिएर आएका थिए ।

यो फोटोबाट यी फयान्ले विश्वलाई के सन्देश दिन खोजेका छन् भने, विश्वमा शान्तिका लागि उत्तर कोरियाली शासक र अमेरिकी राष्ट्रपति मिल्नुको बिकल्प छैन ।

Logo