अमेरिका
एउटा उखान छ , रिसले आफैंलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जीवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । "/>

यसकारण छिटै मर्छन् रिसाहा मानिसहरु …!

यसकारण छिटै मर्छन् रिसाहा मानिसहरु …!

केन्द्रबिन्दु
0
Shares

अमेरिका
एउटा उखान छ , रिसले आफैंलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जीवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ ।

आइवा स्टेट विश्वविद्यालयमा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको भेटाएको छ । रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउँछन , जसमा तनाव देखि लिएर मनोरोग लगायतका हुन्छन् ।

रिसाहा मानिसको शरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ । धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ । धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले शरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ्ने अनुसन्धानले देखाएको छ । बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुन्छ ।        एजेन्सी

Logo