रसिया
मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि उडेर दुर्घटनामा परेको विमानका भग्नावशेष अहिले खोजी भइरहेको छ । मस्कोको बाहिरी भेगमा अवस्थित हिमपात क्षेत्रमा रुसको आपतकालीन उद्धारकर्ताहरुले खोजी गरिरेहको अधिकारीहरुले बताइएका छन् । "/>

दुर्घटनाग्रस्त विमानको भग्नावशेष खोज्दै उद्धारकर्ताहरु

दुर्घटनाग्रस्त विमानको भग्नावशेष खोज्दै उद्धारकर्ताहरु

केन्द्रबिन्दु
0
Shares

रसिया
मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि उडेर दुर्घटनामा परेको विमानका भग्नावशेष अहिले खोजी भइरहेको छ । मस्कोको बाहिरी भेगमा अवस्थित हिमपात क्षेत्रमा रुसको आपतकालीन उद्धारकर्ताहरुले खोजी गरिरेहको अधिकारीहरुले बताइएका छन् । सो विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो ।

उक्त विमानमा सवार रहेका ६ चालक दलका सदस्य सहित ७१ व्यक्तिको मृत्यु भएको थियो । विमान उडेको केही समयमा नै भएको यस दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भएको पुष्टि भएको छ । विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि उडेको थियो ।

यस विमान दुर्घटना सम्बन्धी गठन भएको अनुसन्धान कमिटिले यो मानवीय गल्ती या प्राविधिक कठिनाई र मौसमको अवस्थाको कारण भएको हुनु पर्ने प्रारम्भिक अनुसन्धानमा बताएको छ । यसै हप्ता सो क्षेत्रमा भारी हिमपात भएकाले दुर्घटनाको कारण हिमपात नै भएको अनुमान पनि कमिटिको रहेको छ । तर आतङ्ककारीको आक्रमणको भने कुनै सम्भावना नरहेको सो कमिटिको दाबी रहेको छ ।

एन्टोजोभ एन –१४८ विमान मस्को बाहिरी इलाकामा रहेको रमेनस्काई जिल्लामा खसेको थियो । सो दुर्घटना राजधानीमा अवस्थित विमानस्थल डोमोडेडोभोबाट स्थानीय समय अनुसार आइतबार अपराह्न २ः४८ मा विमान उडेको केही समयमा नै भएको थियो । सो दुर्घटनामा परी ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य मारिएका रुसको यातायात अनुसन्धान विभागले जानकारी दिएको छ । यस दुर्घटनामा परी तीन बालबालिका पनि मारिएका छन् ।
रासस/एएफपी

Logo