मस्को, रसिया
मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । "/>

७१ जना यात्रु सवार विमान दुर्घटनामा

७१ जना यात्रु सवार विमान दुर्घटनामा

केन्द्रबिन्दु
0
Shares

मस्को, रसिया
मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । विमानमा रहेका ६ जना चालक दलका सदस्य सहित सवै ७१ जना यात्रु जीवित रहेन सक्ने आशा गौण रहेको रसियाली अधिकारीलाई उद्धृत गर्दै इन्टरफ्याक्स न्यूज एजेन्सीले आइतबार जनाएको छ । विमान रसियाको राजधानी मस्को स्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि छुटेको थियो ।

विमान दुर्घटनास्थलमा रसियाली अधिकारी पुगि नसकेको तर विमान आर्गुनोभोको ग्रामिण इलाकामा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ । विमान चालक दलका सदस्य तथा यात्रुलाई जिवित भेटाउन सक्ने सम्भावना नरहेको स्रोतले जनाएको छ । इन्टरफ्याक्सको अर्को एक जानकारी अनुसार विमान दुर्घटनास्थलबाट दुई मृत शरीरलाई क्षतविक्षत अवस्थामा भेटाइएको खबर छ । यसको सरकारी अधिकारीले पुष्टी भने गर्न बाँकी नै छ ।

रसियाली यातायात मन्त्रालयले इन्टरफ्याक्सलाई दिएको जानकारी अनुसार विमान दुर्घटना मौसम खराब भएका कारण वा मानवीय कमजोरीका कारण लगायतका केही अन्य कारणले भएको हुन सक्ने देखिएको छ । यद्यपि यसबारे थप अनुसन्धानपछि मात्र भन्न सकिने मन्त्रालयले बताएको छ । रसियाली छानविन समितिले दुर्घटनाको कारण अध्ययन गरी प्रशासनलाई प्रतिवेदन बुझाउन काम शुरु गरिसकेको बताएको छ । रसियाली यातायात मन्त्री माक्सिम सोकोलोभ घटनाबारे बुझ्न र मृतकका आफन्तलाई सान्त्वना दिन दुर्घटनास्थल तर्फ उडिसकेका छन् ।
रासस/सिन्ह्वा

Logo