लन्डन
संसार अनौठो छ । यहाँ अनौठा जिव जनावर पनि छन् । यस्तै मध्ये एउटा जिवको वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्, जसको प्राय सबै अंग नष्ट भएपछि पनि पुनः पलाउने गर्छ । "/>

एउटा अनौठो जिव, जसको अंग नष्ट भएपनि पुनः पलाउँछ

एउटा अनौठो जिव, जसको अंग नष्ट भएपनि पुनः पलाउँछ

केन्द्रबिन्दु
0
Shares

लन्डन
संसार अनौठो छ । यहाँ अनौठा जिव जनावर पनि छन् । यस्तै मध्ये एउटा जिवको वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्, जसको प्राय सबै अंग नष्ट भएपछि पनि पुनः पलाउने गर्छ । मेक्सिकन एक्सोलटर नामक उक्त जीव मेक्सिकोका तालहरूमा पाइने गरेको छ । यो जीव पानी बाहेक जमिनमा पनि रहन सक्छ । माउसुली जस्तो देखिने यो जीव आफ्नो अंग नष्ट भएपछि पनि पुन पलाउन सक्ने असाधारण क्षमताका लागि चिनिएको छ ।

यदि यो जीवको कुनै अंग केहि गरि नरहेमा हप्ता भरीमा हाड, नसा र मांसपेसी सहित उक्त अंग पुन सोही स्थानमा पलाउने गर्छ । वैज्ञानिकहरूका अनुशार एक्सोलटलले आफनो डाढको हड्डीमा लागेको चोटलाई पनि निको पार्न सक्ने क्षमता राख्छ । यदि हड्डी भाँचिएको छैन भने त्यसले सामान्य रुपमा काम गरेको पनि पाइएको छ । यस जिवले कुनै घाउको खोट नरहने गरि निको पार्ने र रेटिनालाई पनि ठिक गर्न सक्छ ।

यो जीव लोप हुने खतरामा परेको जीवहरूको सुचीमा परेको छ । यद्यपी यो जीव सजिलै प्रजनन गर्न सक्ने भएको वैज्ञानिकहरू बताउँछन् । यसको विलक्षण क्षमताका कारण विगत १ सय ५० बर्ष देखि नै वैज्ञानिकहरूले प्रयोगशालामा उक्त जीवलाई उन्नत बनाउन काम गरिरहेका छन् । उनीहरू उसको असाधारण जैविक क्रियाका बारेमा पत्ता लगाउने काम गरिरहेका छन् । वैज्ञानिकहरूको एक अन्तराष्टिय टोलीले एक्सोलटलको अर्को रहस्य पनि खोजेका छन् । यो जीवमा मानवको भन्दा धेरै जिन समुह पाइएको छ । यो जीवको ३२ अर्ब डिएनए जोडी रहेको छ, जुन मानवको तुलनामा १० गुणा धेरै हो ।
एजेन्सी

Logo