जुबा ।

दक्षिण सुडानको जोङलेई राज्यमा बिहीबार भएको झडपमा परी कम्तीमा १५ को मृत्यु भएको छ । "/>

गाउँको नयाँ नाम राख्ने विषयमा झडप, १५ को मृत्यु, ८ घाइते

गाउँको नयाँ नाम राख्ने विषयमा झडप, १५ को मृत्यु, ८ घाइते

केन्द्रबिन्दु
0
Shares

जुबा ।

दक्षिण सुडानको जोङलेई राज्यमा बिहीबार भएको झडपमा परी कम्तीमा १५ को मृत्यु भएको छ । 

गाउँको नयाँ नाम राख्ने विषयमा सु्रु भएको झगडा कारण भएको हानाहानका परी अन्य आठ घाइते भएका स्थानीय अधिकारीले शुक्रबार जनाएका छन् । 

बोर जिल्लाको नाम परिवर्तन गरी कोलाङ पयाम राख्ने विषयले गएको मध्य हप्तादेखि विवाद सुरु भएको थियो । 

गत वर्षको यही विषयमा भएको असहमतिका कारण २० जनाको मृत्यु भइसकेको जोङलेई राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले जानकारी दिनुभएको छ । 

गत बुधबार आन्तरिक लडाई भएको थियो, बिहीबार मात्रै झगडा सकियो, त्यस क्रममा १५ जनाको मृत्यु भयो भने अरु आठ जना घाइते भएका छन उहाँले बताउनु भएको छ । 

गाउँको नामकै विषयलाई लिएर गत वर्षको डिसेम्बरमा एउटा समुदायले अर्को समुदायका व्यक्तिलाई आक्रमण गरेर मारेको मन्त्री डेङले बताउनुभयो । 

विवाद पटकपटक चर्किदै गएपछि स्थानीय अधिकारीले हस्तक्षेप गरेर घटनास्थलमा सुरक्षा सतर्कता बढाएका छन । 

सरकारी अधिकारीले कुनै मानवीय क्षति विना विवाद अन्त्य गर्न भन्दै आन्दोलनकारी र स्थानीय बासिन्दासँग घटनास्थलमै गएर आग्रह गरेका छन् । रासस/सिन्ह्वा

Logo