दाइजो नपाएको निहुँमा श्रीमानले श्रीमतीको मृर्गौला चोरेपछि…

दाइजो नपाएको निहुँमा श्रीमानले श्रीमतीको मृर्गौला चोरेपछि…

केन्द्रबिन्दु
0
Shares

दिल्ली
भारतकी एक महिलाले आफ्नो श्रीमान् र देवरले दाइजो नपाएको निहुँमा आफ्नो एउटा मृगौला चोरेको आरोप लगाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । स्थानीय सञ्चार माध्यमहरूका अनुसार पश्चिम बंगालकी महिलाका श्रीमान्‌ले दुई वर्ष अघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए । सन् ०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मृगौला नभएको देखाएको थियो । ती महिलाले उनका श्रीमान्‌ले बेलाबेला दाइजोको माग गर्ने गरेको आरोप लगाएकी छन् ।

उनले भनिन्, मेरा श्रीमान्‌ले मलाई कोलकातास्थित निजी नर्सिङ होममा लगे, जहाँ मलाई मेरा श्रीमान् र त्यहाँका कर्मचारीले शल्यक्रियाबाट सुन्निएको एपेन्डिक्स हटाए ठिक हुने बताएका थिए । मेरो श्रीमान्‌ले कोलकातामा भएको उपचारबारे कसैलाई केही नभन्न सचेत गराएका थिए । महिनौँपछि उनलाई बिसन्चो भयो र परिवारका सदस्यले उनलाई अस्पताल पुर्‍याए । उपचारका क्रममा आफ्नो दाहिने मृगौला नभएको पत्ता लागेको उनले बताइन् । दोस्रो परीक्षणले उनको मृगौला नभएको प्रमाणित भयो । मैले त्यसपछि बुझेँ किन मेरो श्रीमान्‌ले मलाई यसबारे कसैलाई नभन्नू भनेका थिए, उनले बताईन् । मेरो परिवारले दाइजोको माग पूरा गर्न नसकेको हुनाले उनले मेरो मृगौला बेचेका हुन् ।

परम्परागत रूपमा बेहुलीका परिवारले बेहुलाको परिवारलाई दिने दाइजो माथि भारतमा सन् १९६१ मा प्रतिबन्ध लगाइएको थियो । भारतीय सञ्चारमाध्यमसँग बोल्दै पीडित भनिएकी रीता सरकारले आफू दाइजोका कारण वर्षौं देखि घरेलु हिंसामा पर्दै आएको बताएकी छिन् । बीबीसीबाट

Logo