ढाका
भ्रष्टाचारको मुद्दामा बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई ५ वर्ष जेल सजायँ सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेत्री समेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ । "/>

पूर्वप्रधानमन्त्रीलाई ५ वर्ष जेल सजायँ !

पूर्वप्रधानमन्त्रीलाई ५ वर्ष जेल सजायँ !

केन्द्रबिन्दु
0
Shares

ढाका
भ्रष्टाचारको मुद्दामा बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई ५ वर्ष जेल सजायँ सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेत्री समेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ । अदालतले जियाका चार सहयोगीलाई समेत १० वर्षको जेल सजायँ सुनाएको छ । बच्चाहरुका लागि विश्वभरबाट संकलन गरिएको एक करोड ६१ लाख दुरुपयोगको अभियोगमा उनी दोषी ठहर भएकी हुन् । फैसला सुनाउँदा उनी अदालतमै उपस्थित थिइन् ।

जेल जाने क्रमा गहभरी आँसु बनाएकी उनले आफन्तलाई चिन्ता नगर्न र हिम्मत नहार्न आग्रह गरेकी थिइन् । आफू माथि राजनीतिबाट प्रेरित भएर आरोप लगाइएको भन्दै उनले आफू फर्किएर आउने बताएको जनाइएको छ । ढाकास्थित एक अदालतमा फैसला सुनाउने क्रममा न्यायाधीशले भनेका छन्, ‘उनी विरुद्ध लागेको आरोप प्रमाणित भएको छ र, उनको सामाजिक र शारीरिक स्थितिलाई मध्यनजर गर्दै ५ वर्षको जेल सजायँ सुनाइएको छ ।’
रासस

Logo