हुवालिन

ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको समाचार छ । त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना घाइते भएका बताइएको छ । "/>

ताइवानमा शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु, १४५ जना हराए

ताइवानमा शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु, १४५ जना हराए

केन्द्रबिन्दु
0
Shares

हुवालिन

ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको समाचार छ । त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना घाइते भएका बताइएको छ । भूकम्पमा परी अरु १४५ जना हराइरहेका छन् । साथै युनमेन नामक एक व्यापारिक भवनमा १४३ जना च्यापिएका छन् । उक्त व्यापारिक भवन आंशिक रुपमा भत्किएका कारण नागरिकहरु भवनको चेपुवामा परेका छन् ।

उनीहरुलाई उद्वारका लागि ठूलो संख्याका प्रहरीले प्रयास जारी राखेका बताइएको छ । अधिकारीहरुले भूकम्पपछिको उद्वारका लागि ठूलो संख्यामा सेना र प्रहरी सहितका उद्वारकर्मी खटाइएको बताएका छन् । बुधबार बिहान १०ः४० बजे आएको सो भूकम्प ६.५ रेक्टर स्केलको थियो । त्यस भूकम्पले ठूलो भौतिक क्षति पु¥याएको अनुमान गरिएको छ । तर अहिले उद्वारको कार्य जारी रहेकोले क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

ताइवानमा यतिखेर विदेशी पर्यटकहरु जाने मौसम हो । त्यसैले भूकम्पमा पर्यटकहरु पनि परेको अनुमान गरिएको छ । अहिले सम्मको सूचना अनुसार पाँच जना विदेशी पर्यटक घाइते भएको पाइएको छ । उक्त भूकम्पपछिका कैयौँ पराकम्पहरुका कारण नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । उनीहरु घर भित्र नभएर सबैजना सडक तथा खाली चौरमा जम्मा भएर बसेका जनाइएको छ ।
रासस/सिन्ह्वा

Logo