जापान

जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । "/>

जापानी राजकुमारीको विवाह सन् २०२० मा मात्र हुने, कारण यस्तो छ !

जापानी राजकुमारीको विवाह सन् २०२० मा मात्र हुने, कारण यस्तो छ !

केन्द्रबिन्दु
0
Shares

जापान

जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । 

सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ बर्षीय माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहकाबीच अनुबन्ध हुने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो । 

हामी दुवैजनाको विवाहका लागि प्रशस्त तयारी नपुगेकाले अर्को मितिमा गर्नेगरी हाललाई वैवाहिक कार्यक्रम स्थगित गरिएको छ, राजकुमारी माकोद्वारा जारी विज्ञप्तिलाई उद्धृतगरी जापानी सञ्चारमाध्यम जिजीले लेखेको छ । 

उक्त जोडीले आफ्नो विवाह सार्ने निर्णबार यस अघि नै जापानी सम्राट तथा उहाँको परिवारलाई जानकारी गराइसकेको र विवाह आगामी सन् २०२० मा गरिने बताइएको छ । 

अर्कोबर्ष जापानी सम्राट अकिहितोले उमेर र स्वास्थ्यको कारण देखाउँदै आगामी बर्ष गद्दि छोड्ने निर्णय रहेको र उक्त कार्यक्रममा परिवारिक व्यस्तताका कारण विवाहलाई दुई बर्ष पछि सारिएको जिजीले उल्लेख गरेको छ । 

राजकुमारी माकोले विज्ञप्तिमा भन्नुभएको छ, “हाम्रो विवाहको तयारीमा जुट्नुभएका सबैसँग विवाह सार्दा परेको समस्याप्रति क्षमाप्रार्थी छु ।” रासस/एएफ्पी

Logo