चीनले पोखरामा किन मनायो आफ्नो नयाँ वर्ष ?

चीनले पोखरामा किन मनायो आफ्नो नयाँ वर्ष ?

केन्द्रबिन्दु
0
Shares

भारतले आर्मी अफिसर्स क्लव ६९ औ स्वतन्त्रता दिवस मनाईरहँदा अर्काे छिमेकी मुलुक चीनले भने पर्यटकीय नगरी पोखरामा चीनको नयाँ वर्ष भव्य रुपमा मनाएको छ । भारतीय दुतावासले आयोजना गरेको स्वतन्त्रता दिवसमा सहभागी नभएपनि आर्मी क्लवमा आयोजना गरिएको कार्यक्रममा भने नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी भएका थिए ।

यही समयमा चीनले भने पोखरामा भव्य कार्यक्रमको आयेजना गरेको थियो । पोखरामा चीनले आफ्नो नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा चाइनिज व्यापारी, चिनियाँ सरकारका उच्च अधिकारीहरु, चिनियाँ विद्यार्थी र पोखरामा वसिरहेका चिनियाँ नागरिकहरुको उपस्थिती रहेको चिनियाँ संचारमाध्यम सिन्ह्वाले उल्लेख गरेको छ । चीनको नयाँ वर्ष आगामी फ्रेबरी महिनामा पर्ने गर्दछ । चीनले आफ्नो नयाँ वर्ष काठमाडांै वाहिर आयोजना गरेको यो पहिलोपटक हो ।

सिन्ह्वाका अनुसार सो कार्यक्रमलाई सम्वोधन गदै नेपालका लागि चिनियाँ राजदुत यु होङले यस्तो कार्यक्रमले दुई देशका जनता वीचको सम्वन्धलाई प्रगाड वनाउने विश्वास व्यक्त गरेकी थिइन् । उनले दुई पक्षिय सम्बन्धलाई अगाडि वढाउन नेपाल सरकारसंग मिलेर काम गर्न तयार रहेको समेत वताएकी थिइन् ।

नेपालमा आउने विदेशी पर्यटकहरुमा चीन दोस्रो स्थानमा पर्ने गर्दछ । सन् २०१७ मा झण्डै १ लाख तीस हजार चिनियाँहरुले नेपालको भ्रमण गरेका थिए । सो कार्यक्रममा पोखराबाट निर्वाचित एमाले साँसद रवीन्द्र अधिकारी र अन्य राजनितिक दलको सहभागीता रहेको थियो । पोखरामा चीनको समर्थनमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य भईरहेको छ भने पछिल्लो वर्षमा चीनको लगानी वढीरहेको छ । चिनियाँ नागरिक र व्यापारीहरुको उपस्थिती पनि बाक्लिएको छ ।

Logo