काठमाडौं ।

व्यस्त दैनिकी, समयको बचत र आवश्यक सामानको सहज उपलब्धताका लागी स्मार्ट डोकोले आफ्नो सेवा विस्तार गरिरहेको छ । "/>

स्मार्ट डोकोः यस्ता छन् सेवाहरु

स्मार्ट डोकोः यस्ता छन् सेवाहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

व्यस्त दैनिकी, समयको बचत र आवश्यक सामानको सहज उपलब्धताका लागी स्मार्ट डोकोले आफ्नो सेवा विस्तार गरिरहेको छ ।

देशका विभिन्न १० स्थान (काठमाडौं, पोखरा, नारायणघाट, विराटनगर, ईटहरी, धरान, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोड) बाट आफ्नो सेवा दिइरहेको स्मार्ट डोकोले पछिल्लो समय हरेक नपालीहरुको मन जितिरहेको छ ।

बालक देखी बृद्धसम्म लाई आवश्यक लुगा कपडाहरु, विद्युतिय सामाग्रीहरु, सौन्दर्यका सामाग्रीहरु, महिला पुरुषका विभिन्न फेसनेवल कपडाहरु, अटो मोबाइल, किताब लगायतका सामाग्रीहरु स्मार्ट डोको भित्र छन् ।

स्मार्ट डोकोको अर्को विशेषता भनेको जति धेरै सामान किन्यो त्यती धेरै सस्तो र अन्य सामानहरु निःशुल्क पाइन्छन् । जस्तो १ सयको समानमा १ प्वाइन्ट जम्मा हुन्छ । यस्तै १ हजारको समानमा १० प्वाइन्ट जम्मा हुन्छ र त्यो प्वाइन्टको आधारमा कम्पनीबाट सामानहरु किन्न सकिन्छ ।

त्यस्तै अन्य कुनै पनि अनलाइनमा नभएका सामानहरु जस्तै डरबेन्ड, टोनीमोनी, किड्कोका सामानहरु स्मार्ट डोकोमा मात्र उपलब्ध छन् ।

स्मार्ट डोकोले दिउँसो १ बजेसम्म प्राप्त अर्डरहरुमा त्यही दिन र त्यसपछि प्राप्त भएको अर्डरहरुमा त्यसको भोलीपल्ट सामानहरु डेलिभरी गर्ने गर्दछ । उपत्यका बाहिर भने ३ देखी ५ दिन सम्ममा डेलिभरी हुने कम्पनीले जनाएको छ ।

नेपालमै सबैभन्दा चाँडो डेलिभरी र विश्वासिलो अनलाईन सपिङको स्थापीत भइरहेको स्मार्ट डोकाले अहिले देशभरीका विभिन्न स्थानबाट सेवा दिइरहेको छ ।

नेपालमा स्थापना भएका अन्य अनलाईन सपिङ केन्द्रहरु भन्दा भिन्न पहिचान बनाउन सफल स्मार्ट डोकोले अझै आफ्नो सेवा देशभरी नै सुलव सेवा उपलब्ध गर्न काम थालेको कम्पनीले जनाएको छ ।

वेवसाइटमा यहाँबाट जानुहोस्

Logo