अर्बपति र नेताहरूको जमघट: ट्रम्पमाथि सबैको दृष्टि

अर्बपति र नेताहरूको जमघट: ट्रम्पमाथि सबैको दृष्टि

केन्द्रबिन्दु
0
Shares

केही वर्षअघि जनवरी महिनामा पत्रकारले यस प्रकारका लेखका लागि कलम चलाउनु फेसनजस्तै थियो कि दावोसको ‘वल्र्ड इकोनोमिक फोरम’मा संसारभरका तथाकथित सम्भ्रान्तको मेला लागिरहेको छ । तर, यस फोरमको प्रभाव बिस्तारै कम हुन थाल्यो र ककटेल पार्टीबीच नीतिहरू तय गर्ने युग अन्त्य हुँदै गरेको देखियो । 

समयले कोल्टे फेर्‍यो र वल्र्ड इकोनोमिक फोरममा सीमिति नाम मात्र देखिन थाले । प्रभावशाली व्यक्तित्वहरूले वर्षैपिच्छे कार्यक्रमसित दूरी राख्दै आआफ्नै सम्मेलनलाई प्राथमिकता दिन थाले । यिनीहरूका आयोजना कम खर्चिला हुन्छन् र उनीहरूसम्मको पहुँच पनि अपेक्षाकृत सहज हुन्छ । तर, यस वर्ष फोरमले आलोचकको मुखमा बुझो लगाइदिएको छ । स्विट्जरल्यान्डको सानो सहर फेरि झकिझकाउ भएको छ र तमाम ठूला नाम वार्षिक फोरममा उपस्थित भइरहेका छन् ।

ट्रम्पमाथि सबैको दृष्टि

यसपटक तमाम चर्चा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा हुन सक्छ, जो ‘अमेरिका फस्र्ट’को सन्देशसाथ शुक्रबार पहिलोपटक दावोस पुग्नेछन् । यस सम्म्मेलनमा उनी संसारभरका नेता, व्यापारिक प्रमुख र बैंकरसित आमनेसामने हुनेछन् । ट्रम्पका अतिरिक्त यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, बेलायतकी प्रधानमन्त्री टेरेसा मे र जर्मन चान्सलर एंगेला मर्केल पनि हुनेछन् । मोदी करिब दुई दशकमा सम्मेलनमा भाग लिने भारतका पहिलो प्रधानमन्त्री हुनेछन् । अलिबाबाका ज्याक मा र जेपी मोर्गनका जेमी डिमोनसहित कैयौँ सिइओ पनि हुनेछन् ।

नीति तय गर्ने बैठक

४७ वर्षअघि अर्थशास्त्री क्लास स्वापले जुन सम्मेलन सुरु गरेका थिए, त्यसको महत्व केवल स्टार पावरका कारण मात्र छैन । यस वर्ष संसारभर इकोनोमिक फोरमको चिसो परिदृश्य नै प्रमुख रूपमा अगाडि आउनेछ । तर, मानिसको दृष्टि होटेल, करिडोर, भिडभाडयुक्त क्याफेतर्फ सोझिने क्यामेरा र माइक्रोफोनको पहुँचबाट टाढा बन्द कुनामा हुनेवाला सत्रमा दावोस अलग महत्वको हुनेछ ।

संसारभरका लगानीकर्ताको बानीव्यवहारको जानकारी दिने पुस्तक ‘सुपर हब्स’की लेखिका स्यान्ड्रा नविदी भन्छिन्– वल्र्ड इकोनोमिक फोरम सायद हाम्रो समयका सबैभन्दा प्रभावकारी तथा शक्तिशाली नेटवर्क प्लेटफर्म हो । यी राष्ट्र प्रमुख, नीति निर्धारक तथा बिजनेस प्रमुखलाई सर्वसाधारणको दृष्टिमा आउने डरबिना सहज भेटघाटको अवसर उपलब्ध गराउँछ, जुन योबिना सायदै सम्भव हुने थियो ।

यस्तो भेटघाटमध्ये विशेष भेटघाटलाई दावोसको भाषामा ‘संसारका अर्थनीतिका अगुवाको अनौपचारिक भेटघाटको अवसर’ भन्ने गरिन्छ । यस्ता भेटघाटमा प्रधानमन्त्री, विदेशमन्त्री, अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नर सहभागी हुन्छन् ।

टेरेसा–ट्रम्प भेटघाट

यस वर्ष टेरेसा मे र डोनाल्ड ट्रम्पबीच यस्तो भेटघाट हुनु नै छ । यस्तै अन्य भेटघाट पनि हुन सक्छन् । यस्ता भेटघाट नेताहरूसम्म मात्र सीमित हुँदैन । स्यान्ड्रा भन्छिन्– उद्योग र परस्पर हितका मुद्दामा चर्चाका लागि लगानीकर्ताबीच पनि भेटघाट हुने गर्छ । उनीहरूले यी मुद्दालाई नीति निर्धारकसामु पनि सीधै उठाउन सक्छन् ।

हरेक कदममा अवसर

उनीहरूले स्विस साइबर सेक्युरिटी फर्क (वाइजकी) र रुवान्डा सरकारबीच औपचारिक सम्बन्धको चर्चा गर्नेछन्, जसको सुरुवात २०१६ मा देशका राष्ट्रपति पल कगामेसाथको ब्रेकफास्टमा भएको थियो । सन्तुलनको जुसको चुस्की लिँदै राष्ट्रपतिले पूर्वी अफ्रिकाको आफ्नो देशमा प्रविधि भित्राउन आमन्त्रण दिँदै बताएका थिए कि उनीहरूलाई आफ्नो देशमा एउटा सहयोग सरकार र व्यापारिक समुदायको साथ मिल्नेछ । झन्डै एक वर्षपछि वाइजकीले रुवान्डामा ‘ब्लाकचेन’ प्रविधि उपयोगको घोषणा गर्‍यो ।

जो मिलर/बिबिसी हिन्दी

Logo