कानो, नाईजेरिया, २९, पुस

नाइजेरियामा बोको हराम लडाकूद्वारा गरेकोे पछिल्लो आक्रमणमा जङ्गलमा दाउरा खोजिरहेका २० जना गाउँलेको मृत्यु भएको छ । "/>

बोको हरामको आक्रमणबाट २० सर्वसाधारणको मृत्यु :१५ जना हराए

बोको हरामको आक्रमणबाट २० सर्वसाधारणको मृत्यु :१५ जना हराए

केन्द्रबिन्दु
0
Shares

कानो, नाईजेरिया, २९, पुस

नाइजेरियामा बोको हराम लडाकूद्वारा गरेकोे पछिल्लो आक्रमणमा जङ्गलमा दाउरा खोजिरहेका २० जना गाउँलेको मृत्यु भएको छ । बोको हरामका लडाकू सदस्य र स्थानीय बासिन्दाले शुक्रबार दिएको जानकारी अनुसार आम नागरिक विरुद्ध लडाकूहरुले गरेको आक्रमणमा परी उत्तरपुर्बी नाईजेरियामा उनीहरु मारिएका हुन् ।

मोटरसाइकलमा आएका बन्दुकधारी आक्रमणकारीहरूले दाउरा संकलन गरिरहेका दाउरेहरू माथि जथाभावी बन्दुक प्रहार गरेका थिए । घटना सोमबार बोर्नो राज्यको राजधानी माईडुगुरी नजिकै पर्ने काजे गाँउमा भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।

घटनापछि अरु १५ जना हराइरहेका र आक्रमणकारीद्वारा त्यत्तिकै संख्यामा गाउँलेहरू अपहरणमा लिएकोे लडाकूका नेता इब्राहिम लिमानले एएफपीलाई जानकारी दिए ।नाईजेरियाको सरकार र सेनाले आक्रमणकारी इस्लामिक स्टेट (आइएस) लडाकू समूहसँग आबद्ध भएकोे बताउदै आएका छन् । नाईजेरियामा सन् २००९ देखि सुरु भएको द्वन्द्वमा परी अहिले सम्म २० हजार नागरिक मारिएका छन् ।
रासस/एएफपी

Logo