काठमाण्डौं २७ पौष ।

नेकपा माओवादी केन्द्रका १६ जना विभागीय मन्त्रीहरुले आजै सरकारवाट राजीनामा दिने भएका छन् । "/>

माओवादी केन्द्रका १६ जना मन्त्रीले आजै सामूहिक राजीनामा दिने

माओवादी केन्द्रका १६ जना मन्त्रीले आजै सामूहिक राजीनामा दिने

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौं २७ पौष ।

नेकपा माओवादी केन्द्रका १६ जना विभागीय मन्त्रीहरुले आजै सरकारवाट राजीनामा दिने भएका छन् । विनाविभागीय मन्त्रीहरुले आजै राजीनामा बुझाउन लागेको सो पार्टीका विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा नेता कृष्णबहादुर महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए । सत्ता साझेदारीमा रहेकै बेला तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी एकता गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका १६ जना मन्त्रीलाई जिम्मेवारी बिहीन बनाउँदै विनाविभागीय बनाएका थिए।

विनाविभागीय भए पनि मओवादी केन्द्रका मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदै आएका थिए । माओवादी केन्द्रबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री महरा राजधानी बाहिर भए पनि आजै एक वरिष्ठ मन्त्रीले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी गरिएको मन्त्री शाहीको भनाइ छ । प्रधानमन्त्रीले विनाविभागीय बनाए पनि हटाउन नमिल्ने संवैधानिक प्रावधानका कारण माओवादी केन्द्रका नेताहरू मन्त्री पदमा बहाल थिए ।

यी हुन देउवा नेतृत्व सरकारमा सहभागी मओवादी केन्द्रका १६ मन्त्रीहरु
कृष्णबहादुर महरा
गिरिराजमणि पोखरेल
जनार्दन शर्मा
प्रभु शाह
टेकबहादुर बस्नेत
शिवकुमार मण्डल केवट
महेन्द्रबहादुर शाही
आशा कोइराला
सन्तकुमार थारु

राज्यमन्त्री
मोहम्मद जाकिर हुसेन
रामसिंह यादव
श्यामकुमार श्रेष्ठ
कर्णबहादुर विक
छमबहादुर गुरुङ
गोमा कुँवर
वाङदी शेर्पा

Logo