आइतबार ६ रेक्टर स्केलको भूकम्प, कति भयो क्षति

आइतबार ६ रेक्टर स्केलको भूकम्प, कति भयो क्षति

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली, २३ पुस | भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आइतबार ६.० रेक्टर स्केलको भूकम्प गएको आइतबार अधिकारीहरूले जानकारी दिएका छन् । 

भारतीय मौसम विज्ञानसम्बन्धी अधिकारीहरूका अनुसार स्थानीय समयाअनुसार आइतबार मध्याह्न १२ः१७ बजे सो भूकम्प गएको थियो । 

भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै ३५ किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । सो भूकम्पको कम्पन प्रान्तीय राजधानी इम्फालसम्म पनि महसूस गरिएको बताइएको छ । 

यद्यपि यस भूकम्पबाट हालसम्म मानवीय र सम्पत्तिको क्षतिको भने विवरण प्राप्त नभएको जनाइएको छ । 

सन् २०१६ मणिपुर र आसपासको इलाकामा गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी कम्ती आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य एक सयभन्दा बढी घर ध्वस्त भएको थियो । रासस/सिन्ह्वा

Logo