राष्ट्रपति ट्रम्पमाथीको पुस्तकले तरङगित बन्यो अमेरिकी राजनीति

राष्ट्रपति ट्रम्पमाथीको पुस्तकले तरङगित बन्यो अमेरिकी राजनीति

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाईट हाउस यात्रा र उनको राजनीतिक जीवनमाथी लेखिएको पुस्तक ‘फायर एण्ड फ्यूरी इनसाइड द ट्रम्प ह्वाईट हाउस’ले अमेरिकी राजनीतिलाई तरङगित बनाएको छ । पत्रकार तथा स्वतन्त्र लेखक माइकल वुल्फद्धारा लिखित पुस्तकमा राष्ट्रपति ट्रम्प विश्वकै राजनीतिक केन्द्र ह्वाईट हाउसको नेतृत्वकर्ता बन्न लायक नरहेको उल्लेख छ ।

लेखक वुल्फको यो भनाइले ट्रम्पलाई विक्षिप्त मात्र बनाएको छैन, पुस्तकको चर्चा र आफ्नो आलोचनाले असैह्य समेत बनाएको छ । वुल्फले पुस्तकमा ट्रम्प बच्चाको जस्तो मानसिकता भएको ब्यक्ति र अनैतिक आचरणले भरिएको मानिस भनि पनि उल्लेख गरेका छन् ।

वुल्फको पुस्तकले अहिले अमेरिकामा राजनीतिक कोलाहल मच्चाएको छ । आफ्ना महत्वपूर्ण राजनीतिक बैठक सकेर बाहिर निस्कदा ट्रम्पले बैठकमा भएका गतिविधिको होइन, पुस्तकमा उनीवारे उल्लेख भएका आरोपमाथीको प्रश्नको सामना गरिरहनु परेको छ । पुस्तकका लेखक वुल्फले ट्रम्पका सहयोगि र नजिकका दुई सय जनासंग गरिएको अन्तर्वार्तामा आधारित रहेर पुस्तक लेखिएको बताएका छन् ।

वुल्फले पुस्तक प्रकाशन गर्नुअघि तीन घन्टा ट्रम्पसंग कुराकानी गरेको बताएपनि राष्ट्रपति ट्रम्पले त्यसलाई खण्डन गरेका छन् । वुल्फजस्ता ब्यक्तिलाई ह्वाइट हाउसमा प्रवेशको अनुमति नै नभएको र आफुले कहिलेपनि उनलाई नभेटेको ट्रम्पले बताएका छन् ।

त्यसोत, ट्रम्पले आफूमाथि लेखिएको विवादास्पद पुस्तक कल्पना आधारित भएको र यसका लेखक वुल्फ धोखेबाज भएको आरोप लगाएका छन् । उक्त पुस्तकमा आफनो मानसिक स्वास्थ्यस्थिति बारे प्रश्न उठाइएकोमा ट्रम्पले आफू स्थिर मनस्थितिको प्रतिभाशाली व्यक्ति भएको बताएका छन् ।

ट्रम्पले पुस्तकमा आफुमाथी लगाइएका आरोपको खण्डन गर्दै कलेज पढ्दा आफु उत्कृष्ट विद्याथी रहेको, विश्वविद्यालयको पढाइ सकेपछि अरबौं आम्दानी गर्ने सफल व्यवसायी भएको र टेलिभिजनका क्षेत्रमा पनि आफू अत्यधिक सफल व्यक्तित्व रहेको बताएका छन् ।

यता, बजारमा आएको एक दिनमै ‘फायर एण्ड फ्यूरी–इनसाइड द ट्रम्प ह्वाईट हाउस’ पुस्तकले बेष्टसेलरको उपमा पाएको छ । अमेरिका र अन्य पश्चिमा राष्ट्रमा यो पुस्तक किन्न स्टोर बाहिर सयौं मानिसको लाईन लागिरहेको बताइएको छ । पुस्तकले अत्याधिक चर्चा पाएपछि ट्रम्पले कानूनी आधार देखाउदै पुस्तक प्रकाशन रोक्ने धम्कि दिइरहेका छन् ।

वुल्फले पुस्तकमा राष्ट्रपतिका निकटतम सहयोगीले समेत ट्रम्पको पदीय क्ष्ँमतामाथि प्रश्न उठाउने गरेको उल्लेख छ । ट्रम्पका विदेशमन्त्री रेक्स टिलरसनले ट्रम्प मानसिक सन्तुलनका विषयमा निकै कमजोर रहेको पुस्तकमा उल्लेख छ ।

पुस्तकमा राष्ट्रपतिय निर्वाचनअघि टिलरसनले ट्रम्पलाई बारम्बार मूर्ख ब्यक्तिका रुपमा चित्रित गर्ने गरेको बताइएको छ । तर ट्रम्पले निर्वाचनमा विजयी हासिल गरेपछि तिनै टिलरसनले ट्रम्पको मानसिक क्ष्ँमतामाथी आफुले कुनैपनि प्रश्न नउठाएको बताएका छन् ।

Logo