नयाँ दिल्ली,२३,पुस

चारा घोटालाकाण्डमा दोषी ठहरिएपछि भारतको बिहार राज्यका पूर्व मूख्यमन्त्री लालुप्रसाद यादवलाई तीन वर्षको जेल सजायँ भएको छ । "/>

भ्रष्टाचारकाण्डमा दोषी लालु यादवलाई तीन वर्ष जेल सजायँ

भ्रष्टाचारकाण्डमा दोषी लालु यादवलाई तीन वर्ष जेल सजायँ

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली,२३,पुस

चारा घोटालाकाण्डमा दोषी ठहरिएपछि भारतको बिहार राज्यका पूर्व मूख्यमन्त्री लालुप्रसाद यादवलाई तीन वर्षको जेल सजायँ भएको छ । चारा घोटालामा देवघर कोषागारबाट ८९ लाख २७ हजार रुपैयाँको अवैध निकासी मामिलामा राँचीको सीबीआई अदालतले बिहारका पूर्व मुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालु प्रसाद यादवलाई साँढे तीन वर्षको सजायँ र पाँच लाख जरिवाना तोकेको हो ।

लालू प्रसाद यादव अब जमानतका लागि उच्च अदालत जाने भएका छन् । यस मामिलामा अदालतले फुल चन्द, महेश प्रसाद, सुनिल कुमार, बाँकी जूलियस, सुधीर कुमार र राजा रामलाई पनि साँढे तीन वर्ष जेल सजायँ सुनाएको छ । उनीहरु माथि पनि जनही पाँच लाख जरिबाना तोकिएको छ । पूर्व विधायक जगदीश शर्मालाई अदालतले सात वर्षको सजायँ र २० लाख रुपैपाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।
एजेन्सी

Logo