सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका धक्का

सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका धक्का

केन्द्रबिन्दु
0
Shares

सान्टीयागो, २१ पुस । चिलीमा सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका सानाठूला धक्का आएको महसुस भएको छ । 

उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भ–ूभर्ग केन्द्रले बिहीबार जानकारी दिएको छ । चिलीमा भूकम्पका धक्काहरु धेरै आउने गर्दछन् ।
भूकम्प गएको यो सङ्ख्या सन् २०१६ भन्दा २६ प्रतिशत र सन् २०१५ भन्दा २५ प्रतिशतले बढी भएको पनि उक्त केन्द्रले बताएको छ । 

चिली विश्वको तुलनामा बढी नै भूकम्प जाने देशमा पर्दछ । चिलीमा सन् २०१५ मा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको सिन्हवाले जनाएको छ ।

Skip This
Skip This
Logo