ट्रम्पको टिप्पणी: ह्वाइट हाउसबाट बाहिरिएपछि स्टिभले मानसिक सन्तुलन गुमाए

ट्रम्पको टिप्पणी: ह्वाइट हाउसबाट बाहिरिएपछि स्टिभले मानसिक सन्तुलन गुमाए

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन, २० पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएका टिप्पणी गरेका छन् । 

हालै एउटा पुस्तकमा ब्याननलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता ’देशद्रोहपूर्ण’ र ’मुलुकविरोधी’ भएको उल्लेख गरिएको थियो । यसै बिषयलाई लिएर ब्याननको निन्दा गर्दै राष्ट्रपति ट्रम्पले जारी एक बक्तव्यमा भनिएको छ,, ”ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उनले मानसिक सन्तुलन गुमाएका छन् । 

एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्याननसँग आफ्नो वा आफ्नो पदको केही लिनुदिनु नरहेको र उनले ह्वाइट हाउसमा रहँदा आफूलाई महत्वपूर्ण व्यक्तिका रूपमा देखाउन सञ्चारमाध्यमहरूलाई सूचना चुहाएको बताए । ट्रम्पले रुसी अधिकारीसँग साँठगाँठ रहेको भन्ने आरोप सार्वजनिक रूपमा नै अस्वीकार गर्दै आएको छ । यस विषयमा अमेरिकी विशेष संयन्त्रले अनुसन्धान गरिरहेको छ । रासस/एपी

Skip This
Skip This
Logo