दुई कोरियाली सम्बन्धको सुधारमा राष्ट्रसंघीय महासचिवद्वारा स्वागत

दुई कोरियाली सम्बन्धको सुधारमा राष्ट्रसंघीय महासचिवद्वारा स्वागत

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघ, २० पुस |

उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको हटलाइन टेलिफोन सेवाको पुनः सुरुवातभएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बुधबार स्वागत गर्नुभएको छ । 

उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुई बर्ष अघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको समाचारमा जनाइएको छ । 

सो सेवाको सरुवात गरेपछि दक्षिण कोरियाले बुधबार स्थानीय समयाअनुसार अपराह्न ३ः३० बजे गरेको फोन उत्तर कोरियाले उठाएको (रिसिभ गरेको) थियो । 

दुई कोरियाबीच हुने वार्ता आगामी दिनमा सकारात्मक हुने गुथ्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

उत्तर कोरियाली नेता उनले दक्षिण कोरियाद्वारा प्रस्ताव गरिएको ग्रीश्मकालीन ओलम्पिक खेलकूदमा सहभागिता जनाउने भनी गरेको सम्बोधनको दक्षिण कोरियाले स्वागत गरेको थियो । 

सोही कारणले पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ । यस अघि नै दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गर्नुभएको थियो । 

महासचिव गुथ्रेसका प्रवक्ता फरहान हकले भन्नुभएको छ– यी दुई देशको वार्ता सुरु भएको कुरा अत्यन्तै सकारात्मक छ र यसले आगामी दिनमा राम्रो परिणाम दिने अपेक्षा पनि गरिएको छ । 

नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने धारणा सार्वजनिक गर्नुभएको थियो । 

दक्षिण कोरियाको आयोजनामा हुन लागेको उक्त खेलकुदमा आफूहरु पनि सहभागी हुने धारणा उत्तर कोरियाली नेता किमले सार्वजनिक गर्नुभएको हो । 

त्यसैगरी नेता किमले गर्नुभएको सम्बोधनका क्रममा दक्षिण कोरियाली सरकारद्वारा गरिएको उत्तरसँगको वार्ताको प्रस्तावको पनि स्वागत गरिएको छ । 

दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि सकारात्मक रुपमा लिएको भन्दै सो वार्तामा हामी सहभागी हुने कुरा उत्तर कोरियाले बताएपछि यी दुई देशको सम्बन्धमा सकारात्मक विकास भएको हो । 

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकूदको तयारीलाई थप अघि बढाउने निर्देशन पनि दिनुभएको थियो । 

त्यसैगरी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि उत्तरले स्वीकार गरेको छ । दक्षिण कोरियाले आगामी फेब्रुअरी महिनामा द्विपक्षीय वार्ताको आह्वान गरेको थियो । 

सो वार्ताको बारेमा उत्तरले केही बोलेको थिएन । तर यो सम्बोधनमा सो वार्तामा सहभागी हुने बताएपछि भने दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन पनि दिनुभएको छ । रासस/सिन्ह्वा

Skip This
Skip This
Logo