परमाणु बम प्रहार गर्ने स्वीच सधैं आफ्नो डेस्कमा रहेको भन्दै अभिव्यक्ति दिएपछि डोनाल्ड ट्रम्पले त्यसको जवाफ दिएका छन् । "/>

किम जोनलाई ट्रम्पको जवाफः मसँग तिम्रोभन्दा ठूलो र शक्तिशाली बमको स्वीच छ

किम जोनलाई ट्रम्पको जवाफः मसँग तिम्रोभन्दा ठूलो र शक्तिशाली बमको स्वीच छ

केन्द्रबिन्दु
0
Shares

वासिङटन ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले परमाणु बम प्रहार गर्ने स्वीच सधैं आफ्नो डेस्कमा रहेको भन्दै अभिव्यक्ति दिएपछि डोनाल्ड ट्रम्पले त्यसको जवाफ दिएका छन् ।

एक टिवट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग भएको परमाणु बमको बटन उत्तर कोरियाली नेता किम जोङ उनको भन्दा ठूलो र शक्तिशाली रहेको बताएका छन् ।

ट्रम्पले लेखेका छन्,

उत्तर कोरियाली नेता किम जोङ उनले ‘परमाणु बटन सधैँ आफ्नो डेस्कमा रहेको’ बताएका छन् । उनको कमजोर र भोकमारीले ग्रस्त राज्यबाट कसैले उनलाई भनिदिनु कि मसँग पनि परमाणु बटन रहेको, त्यो उनको भन्दा ठूलो र शक्तिशाली रहेको छ र, मेरो बटनले काम पनि गर्छ ।

परमाणु हतियारबारे दुई नेताको अभिव्यक्तिपछि धेरैले यसबारे चिन्ता व्यक्त गरेका छन् भने ट्रम्पका समर्थकले उनको ट्वीटको बचाउ गरेका छन् ।

सामाजिक सञ्जालमा भने ट्रम्पको ‘आकार’ सँगको मोहको खिल्ली उडाएका छन् । यसअघि राष्ट्रपति चुनावको दौरान ट्रम्प र मार्को रुबियोबीच हातको आकारको बारेमा लामै विवाद भएको थियो ।

किम र ट्रम्पबीच यसअघि पनि वाकयुद्ध चलेको थियो । उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिलाई बुढो भनेको थियो भने ट्रम्पले किमलाई लिटल रकेट म्यान भनेर बोलाउने गरेका छन् ।

Skip This
Skip This
Logo