उत्तर कोरिया र दक्षिण कोरियाबीच बैठक होला ?

उत्तर कोरिया र दक्षिण कोरियाबीच बैठक होला ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १८ पुस ।
एसियामा तनावपृर्ण सम्बन्ध रहेका दुर्इ मूलुक उत्तर कोरिया र दक्षिण कोरियाबीच यही जनावरी ९ मा दक्षिण कोरियामा बैठक बस्ने भएको छ ।
दक्षिण कोरियामा सन् २०१८ मा आयोजना हुने हिउँदे ओलम्पिकको पूर्वसंध्यामा उत्तर कोरिया र दक्षिण कोरियाका प्रतिनिधिहरु विच वार्ता हुने भएको हो ।

उत्तर कोरियाका नेता किम जोङ उनले भनेका छन्, ‘यही फेब्रुअरीमा हुने हिउँदे ओलम्पिकमा आफ्ना खेलाडीलार्इ पनि दक्षिण कोरिया पठाउनका लागि बैठक बस्न लागेको हो । किमले भनेका छन्, ‘दुर्इ राष्ट्रबीच छिटो भन्दा छिटो बैठकको बारेमा छलफल सुरु गर्न आवश्यक छ ।’
नयाँ वर्षको शुभकामनामा दिदैं किमले आगामी बैठकको बिषयमा राखेको धारणा प्रति दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले स्वागत गरेका छन् । दक्षिणी कोरियाका राष्ट्रपति मूनले भने, ‘दुई कोरियाली बीचको बैठकका बारेमा यस अघि पनि चर्चा हुँदै आएको हो अझ फेब्रुअरीमा हुन लागेको खेललार्इ मध्यनजर गर्दै शान्ति कायम गर्नु एक ऐतिहासिक कदम हुने छ ।’
पछिल्ला समयमा राष्ट्रपति मूनले दुर्इ देशबीचको सम्बन्धलार्इ सुधार गर्न लगातार लागि परेका छन् ।

 

Skip This
Skip This
Logo