काठमाडौं, १७ पुस ।
एमाले र माओवादी केन्द्रले संयुक्त वाम गठबन्धनका टोलीले प्रतिनिधि सभाको चुनावको नतिजा तत्काल सार्वजनिक गर्न निर्वाचन आयोगमा पुगेर माग गरेको छ । "/>

प्रतिनिधि सभाको मतपरिणाम तत्काल सार्वजनिक गर्न आयोगलाई वाम गठबन्धनको आग्रह

प्रतिनिधि सभाको मतपरिणाम तत्काल सार्वजनिक गर्न आयोगलाई वाम गठबन्धनको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १७ पुस ।
एमाले र माओवादी केन्द्रले संयुक्त वाम गठबन्धनका टोलीले प्रतिनिधि सभाको चुनावको नतिजा तत्काल सार्वजनिक गर्न निर्वाचन आयोगमा पुगेर माग गरेको छ ।

सोमबार दिउँसो निर्वाचन आयोग केन्द्रीय कार्यालय कान्तिपथ पुगेका दुई दलका नेताहरुले प्रमुख आयुक्तसहितको छलफलमा छिटो चुनावी परिणाम सार्वजनिक गर्न आग्रह गरेका हुन् । टोलीमा एमालेका तर्फबाट भीम रावल र सुवास नेम्वाङ, अगिन खरेल, कृष्णगोपाल श्रेष्ठ र माओवादीका तर्फबाट कृष्णबहादुर महरा, वर्षमान पुनलगायतका टोली दिउँसो ३ बजे आयोगको कार्यलयमा पुगेका थिए ।

गठबन्धनका नेता र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका पदाधिकारीबीच झन्डै डेढ घन्टा छलफल भएको थियो । आयोगले मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न राष्ट्रिय सभा गठन हुनुपर्ने भन्दै अहिलेसम्म परिणाम सार्वजनिक गरेको छैन ।

निर्वाचन आयोगले परिणाम सार्वजनिक नगर्दा देश बन्धक बनेको भन्दै तत्काल मतपरिणाम सार्वजनिक गर्न अनुरोध गर्नका लागि आफूहरु आयोगमा आएको एमालेका नेता भिम रावलले भेटघाटपछि जानकारी दिएका छन् ।

चुनाव भएको एक महिना बित्न लाग्दा पनि नजिता सार्वजनिक नगर्दा जनमतको अपमान भएको नेता रावलले बताएका छन् । भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले सबै पक्षसँग छलफल गरेर चाँडो समानुपातिक नतिजा सार्वजनिक गर्ने दलहरुलाई प्रतिक्रिया दिएका छन् ।

वाम गठबन्धनका नेताहरुले सरकार गठनमा राष्ट्रिय सभाको कुनै भूमिका नहुने भएकाले प्रतिनिधिको अन्तिम परिणाम तत्काल सार्वजनिक गर्न आयोगलाई आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo