सन् २०१८ मा अमेरिकालाई पछि पार्दै चीन सुपरपावर बन्ने, ९/११ को सत्य भविष्यवाणी गर्ने महिलाको दावी

सन् २०१८ मा अमेरिकालाई पछि पार्दै चीन सुपरपावर बन्ने, ९/११ को सत्य भविष्यवाणी गर्ने महिलाको दावी

केन्द्रबिन्दु
0
Shares

सोफिया (बल्गेरिया), १३ पुस ।

अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणको सत्य घोषणा गरेकी महिलाले सन् २०१८ का लागि पनि पूर्वानुमान सार्वजनिक गरेकी छन् । उनको भविष्यवाणी सही ठहरिएमा अमेरिकालाई पछाडि पार्दै चीन विश्वको नयाँ महाशक्ति (सुपरपावर) राष्ट्र बन्ने छ । यसो भएमा विश्व व्यवस्थाको मौजुदा ढाँचामा अनेक बदलावहरू आउनेछन् । चीन यसरी महाशक्ति बनेपछि भारतका लागि समस्याहरू बढ्नेछन् ।

‘बाल्कनकी नोस्त्रेड्याम’ उपनामले बहुचर्चित बुल्गेरियानिवासी महिला बाबा वंगाले विगतमा पनि अनेक घटनाहरूका बारेमा सटीक भविष्यवाणी गरिसकेकी छन् । उनको ८५ वर्षको उमेरमा सन् १९६६ मा निधन भएको हो । उनी दृष्टिहीन थिइन् । तर उनले आफ्नो मृत्यु हुनुअघि ५१औं शताब्दीसम्मका लागिसमेत भविष्यवाणी गरिसकेकी थिइन् ।

उनको मान्यता के थियो भने त्यसपछि पृथ्वी नष्ट भएर जानेछ । भनिन्छ, उनले इस्लामिक स्टेट (आइएस) र मलाला युसुफजाईका सम्बन्धमा पनि भविष्यवाणी गरेकी थिइन् ।

बाबा वंगाले सन् २०१८ का सम्बन्धमा दुईवटा ठुला भविष्यवाणी गरेकी थिइन् । यसैमध्ये अमेरिकालाई पछि पार्दै चीन विश्वको नयाँ सुपरपावर बन्ने भन्ने भविष्यवाणी सबैभन्दा बढी महत्वपूर्ण छ । वास्तवमा अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेको अवस्थामा अनेक समस्याहरू देखा परिसकेका छन् । त्यसमा पनि उत्तर कोरियाली संकट सर्वाधिक गम्भीर छ । बेइजिङले एसियाका अतिरिक्त अफ्रिका, ल्याटिन अमेरिका र युरोपमा निरन्तर पुँजी प्रवाह गरिरहेको र खुट्ट पसारिरहेको छ । यी सबै क्षेत्र अमेरिकाको प्रभाव रहेका क्षेत्र मानिन्छन् र अब ती क्षेत्रमा उसले चीनको चुनौती सामना गर्नु परिरहेको छ ।

चीनका राष्ट्रपति शी जिन फिङ ‘वान बेल्ट, वान रोड’ नामक परियोजनाका रूपमा अमेरिकी आर्थिक प्रभुत्वलाई चुनौती प्रस्तुत गरिरहेका छन् । यति मात्र नभई चीन ल्याटिन अमेरिकासम्म पनि पुगिसकेको छ । ल्याटिन अमेरिकी देशहरू प्राकृतिक संशाधनमा सम्मपन्न हुनुका साथै स्वयम अमेरिकाका निकटस्थ छिमेकी पनि हुन् ।

के भारतका चुनौती बढ्ने छन् ?
दक्षिण एसियामा चीनले पहिलेदेखि नै आक्रामक विस्तार नीत अख्तियार गर्दै आइरहेको छ । बेइजिङले म्यानमार, बंगलादेश, श्रीलंका, पाकिस्तान र माल्दिभ्स जस्ता देशहरूमा लगातार निवेश गर्दै आइरहेको छ । यही कारण हो जसले गर्दा नयाँ दिल्लीले अमेरिका, जापान र अस्ट्रेलियासित रणनीतिक सम्झौता गरेको छ । भारत–चीन अनेक मामिलाहरूमा आमने–सामने छन् । पाकिस्तानसित चीनको बढ्दो निकटता भारतका लागि पहिलेदेखि नै चिन्ताको विषय बनिरहेकै छ ।

बेइजिङ खतरनाक आतंकवादी हाफिज सइदमाथि प्रतिबन्ध लगाउने कुरामा भारतीय प्रयासमा लगातार व्यवधान बनिरहेको छ । यस अतिरिक्त ‘चीन–पाकिस्तान आर्थिक करिडोर’ (सिपिइसी) प्रसंग पनि नयाँ दिल्लीका लागि टाउको दुखाइ बनिरहेकै छ । यो करिडोर पाकिस्तान–अधीनस्थ कश्मीर भएर अगाडि बढ्ने छ ।

शुक्र ग्रहमा वैकल्पिक ऊर्जाको स्रोत
सन् २०१८ का लागि बाबा वंगाको अर्को भविष्यवाणी ऊर्जाको वैकल्पिक स्रोतसित जोडिएको छ । उनले भनेकी थिइन्– वर्ष २०१८ मा शुक्र ग्रहमा ऊर्जाको स्रोत पाइने छ । यद्यपि, अहिलेसम्म कुनै पनि देशले शुक्र ग्रहमा प्रोब अथवा यान पठाउने कुनै योजना सार्वजनिक गरेका छैनन् ।

यसबाहेक वंगाले वर्ष २०२५–२०२८ सम्ममा गरिबी सम्पूर्ण रूपले समाप्त हुने पनि भविष्यवाणी गरेकी थिइन् । बाबा वंगाले नै के भनेकी थिइन् भने ‘स्टिलका दुई चरा’ ले अमेरिकामाथि आक्रमण गर्नेछन् । आतंकवादीहरूले ९/११ को आक्रमण गर्दा दुईभन्दा बढी विमान प्रयोग गरेका थिए ।  एजेन्सी

Logo