नानी च्यापेर झाडु लगाउने यी युवतीको फोटो किन भाइरल ?

नानी च्यापेर झाडु लगाउने यी युवतीको फोटो किन भाइरल ?

केन्द्रबिन्दु
0
Shares

चेन्नाई, ११ पुस ।

अहिले सामाजिक संजालले सडकका मान्छेलाई ‘हिरो’ बनाउन थालेको छ । कहिले तरकारीवाली, कहिले चियावाला । यस्तै, अहिले एक युवतीको फोटो भाइरल भएको छ ।

ती युवती नीलो जिन्स लगाएर, छातीमा बच्चालाई च्यापेर झाडु लगाइरहेकी छिन् । आखिर को हुन् उनी ? अनि किन भाइरल भइरहेको छ उनको फोटो ?

यो फोटो एकजना भारतीय युवती हो । उनी ‘स्वच्छ मंगलुरु अभियान’ अन्तर्गत सडकको सरसफाइमा सरिक भएकी हुन् । उनको नाम सुधीक्षा किरण हो ।

कर्नाटकका पूर्व मुख्यमन्त्री एवं प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका क्याबिनेट मन्त्री सदानन्द गौडले उक्त फोटो हाइलाइट गरेपछि सोसल मिडियामा भाइरल भएको हो ।

उनीहरूले ती युवतीलाई ‘असली मिस इन्डिया’ भनी तारिफ गरेका छन् । एजेन्सी

 

Logo