हैजाबाट तीन हप्तामा २९ जनाको मृत्यु

हैजाबाट तीन हप्तामा २९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

लुसाका | जाम्बिायाको राजधानी लुसाकामा यस महिनाको सरुदेखि हैजाका कारण कैयौं नागरिकको ज्यान गएको समाचार छ । यसबाट गएको तीन हप्तामा कम्तीमा पनि २९ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

हैजाको सङ्क्रमण भएका थप सयौँ जना विरामी अस्पतालको सम्पर्कमा आउने क्रम रोकिएको छैन । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या करिब एक हजार पुगेको जनाएको छ ।  

फोहोर पानी, वातावरण र प्रदुषित खानाका कारण लाग्ने यो रोगबाट गत अक्टोबरदेखि अहिले सम्म २९ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले सोमबार जनाएका छन् । 

यहाँ हैजाको प्रकोप फैलिने खतरा रहेकोले गम्भीर रुपमा यसको निराकरणका कार्यहरु गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । 

अहिले सैयौँ विरामीले अस्पतालमा उपचार गराइरहेका छन् । स्वास्थ्य मन्त्रालयका सञ्चार तथा बाह्य सम्वन्ध प्रमुख स्टान्सलौस एनगोसालेले जानकारी दिएअनुसार पछिल्लो सयमा उपचारका लागि अस्पताल आउने क्रम रोकिएको छैन । 

विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ । संगठनले वर्षा याममा यस्ता विरामी बढ्ने तर्फ ध्यानाकर्षण पनि गराएको छ । रासस/सिन्ह्वा

Logo