अन्तरिक्षमा रुसले पाँच तारे होटल बनाउँदै, एक महिना बास बस्नलाई कति तिर्नुपर्छ ?

अन्तरिक्षमा रुसले पाँच तारे होटल बनाउँदै, एक महिना बास बस्नलाई कति तिर्नुपर्छ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं : अन्तरिक्ष स्टेशनमा रूसको अन्तरिक्ष एजेन्सी रोसकोसमोसले पाँच तारे होटल बनाउने तयारी थालेको छ ।

बेलायतको चर्चित अनलाइन मिररका अनुसार यस लग्जरी अर्बिटल सुइटमा चार निजी क्याबिन पनि हुनेछन् । एक क्याबिन दुई क्युबिक मिटरको हुनेछ । साथै यसमा अन्तरिक्ष पुगेका यात्रुले ४०० माइलभन्दा तल पृथ्वीमा सिधै हेर्न सकिनेको पूर्वाधार बनाइँदैछ ।

यो होटल विश्वका धनाढ्य मानिसहरुलाई अन्तरिक्षको भ्रमण गराउने उद्धेश्यका साथ खोल्न लागिएको हो ।

पाँच तारे होटलमा १६ इन्चकाे झ्यालका साथै लाउन्ज एरिया हुने पनि समाचारमा जनाइएको छ । यहाँ दुई हाइजिन र मेडिकल स्टेशन, व्यायाम उपकरण र वाइफाईको सुविधा पनि हुनेछ ।

पृथ्वीको श्वास रोकिदिने यस दृश्यलाई देखाउनाका साथै अन्तरिक्ष पर्यटकलाई एक व्यवसायिक व्यक्तिको सहयोगमा अन्तरीक्ष पैदल यात्रुको अवसर पनि दिइने भएको छ ।

प्रस्तावित होटलको अनुमानित लागत २१० मिलियन पाउन्डदेखि ३३६ मिलियन पाउन्डको हुनेछ । यसलाई बनाउन निजी क्षेत्र र राज्यको तर्फबाट पनि लगानीका  अनुदान दिइने भएको छ ।

यो होटलमा एकदेखि दुई सातासम्म बस्नका लागि पर्यटकले ४० मिलियन डलर शुल्क लाग्ने छ । एक महिना यहाँ बस्ने पर्यटकले स्पेस वाकमा भाग लिन २० मिलियन डलरसम्म अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ । एजेन्सी

Logo