सेक्स जेल : किन एकै उमेरका महिला मात्र राखिन्छ ?

सेक्स जेल : किन एकै उमेरका महिला मात्र राखिन्छ ?

केन्द्रबिन्दु
0
Shares

न्यू दिल्ली, ७ पुस ।

भारतको विजय विहारस्थित आध्यात्मिक विश्वविद्यालयका कथित बाबा वीरेन्द्रदेव दीक्षितको हर्कत बाहिर आएको छ ।

उनको दिल्लीस्थित ८ वटा आश्रममा सीबीआईले खोजतलास गरेको थियो । त्यही आधारमा त्यहाँको अदालतले प्रश्न उठाएको छ, ‘आखिर कस्तो आश्रम हो, जहाँ केवल एकै उमेरको युवती मात्र राखिन्छ ?’
सीबीआइले तीन दिनदेखि उक्त आश्रममा छापा मारिरहेको छ । त्यस क्रममा ४१ जना नाबालिगलाई आश्रमबाट निकालिएको थियो । उनीहरुलाई सेल्टर होममा पठाइएको छ । आश्रममा अझै पनि १ सय ५० युवती एवं महिला छन्, उनीहरु बाहिर आउन अस्विकार गरिरहेका छन् ।

त्यहाँ रहेका युवतीहरु केहि पनि बताउन चाहँदैनन् । सुत्रका अनुसार बाबाले हाइप्रोफाइल यौन र्‍याकेट चलाइरहेका थिए । आध्यात्मिक नाम दिएर युवतीहरु लगिने उक्त आश्रमभित्र के हुन्थ्यो, कसैलाई थाहा थिएन । एजेन्सी

Logo