सहयोग रोक्ने चेतावनीका बाबजुद नेपालले किन दियो अमेरिकाबिरुद्ध भोट ?

सहयोग रोक्ने चेतावनीका बाबजुद नेपालले किन दियो अमेरिकाबिरुद्ध भोट ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, ७ पुष । आफ्नो प्रस्तावको विपक्षमा मत दिए सहयोग रोक्का गर्ने अमेरिकाको चेतावनीका वावजुद नेपालले अमेरिकी प्रस्तावको विपक्षमा मतदान गरेको छ ।जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने अमेरिकी प्रस्तावको विरुद्धमा नेपालले मतदान गरेको हो ।

विहीबार राति भएको राष्ट्रसंघीय महासभामा राष्ट्रसंघमा भएको मतदानमा अमेरिकी प्रस्तावको विपक्षमा १ सय २८ मत परेको थियो भने पक्षमा जम्मा ८ मत परेको थियो। प्रस्तावको पक्षमा अमेरिकालगायत इजरायल, ग्वाटेमाला, होण्डुरस, नाउरु, माइक्रोनेसिया, टोगो, पालाउ र मार्शल आइल्याण्डले मतदान गरेका थिए ।

१ सय ३६ मत खसेकोमा ३५ राष्ट्र मतदानमा अनुपस्थित थिए । मतदानमा अनुपस्थित भूटानबाहेक सबै दक्षिण एसियाली मुलुकले अमेरिकी प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेष्टाइन र इजरायलबीचको विवादित भूमि जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए । त्यसपछि राष्ट्रसंघीय महासभामा पुगेको यो मामिलामाथि मतदान भएको हो ।

Logo