अष्ट्रेलियामा सवारी साधनवाट सामूहिक हत्या प्रयास

अष्ट्रेलियामा सवारी साधनवाट सामूहिक हत्या प्रयास

केन्द्रबिन्दु
0
Shares

मेलवर्न, ६ पुस । अष्ट्रेलियाको मेलवर्नमा एक सवारी चालकले पैदल यात्रुहरु माथि अन्धधुन्ध सवारी चलाउदाँ १९ जना घाईते भएका छन् ।

अष्ट्रेलियाको स्थानिय समय अनुसार आज साँझ ४ बजे भएको यो घटना पूर्व नियोजित रहेको प्रहरीले अनुमान गरेको छ । मेलवर्नको फ्लाईण्डर स्ट्रिटमा हिडिरहेका पैदल यात्रुहरुलाई नियोजित रुपमा मार्ने उद्धेश्यले जिप चलाइएको प्रहरीले जनाएको छ । यो घटनामा केही ब्यक्तिहरु सख्त घाईते समेत भएका छन् । नियोजित रुपमा सवारी साधन पैदल यात्रुहरु माथी चलाउने चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्तिको वयान पछि मात्र यो कुनै हमलाको उद्धेश्यले भएको थियो वा अन्य कुनै कारणले भएको थियो भन्ने बताउने जनाए ।

प्रत्यक्षदर्शीका अनुसार जिप सर्वाधिक भिड भएको समयमा भएको थियो । चालकले बढी मानिस भएको तर्फ अनियन्त्रित रुपमा चलाएका थिए र उनले सवारी साधनलाई रोक्ने कुनै किसिमको प्रयास गरेका थिएनन् ।

Logo