राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक

राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

वासिङटन, ४ पुस ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन् । उनले अमेरिकाको राष्ट्रपति भएपछि पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेका हुन् । 

उनले यसअघि भन्दै आएको आफ्नो प्रशासनको एक हिसाबले स्थायी अभिव्यक्ति जस्तै मानिएको ‘अमेरिका फसर्ट्’ (पहिले अमेरिका) भन्ने कार्यक्रमलाई रणनीतिमा प्राथमिकतामा राखेका छन् । 

राष्ट्रपति ट्रम्प सत्तामा आएको करिब वर्षदिनपछि राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका हुन् । यसमा विशेषगरी आर्थिक शक्ति र आन्तरिक सुरक्षामा जोड दिइएको देखिन्छ । 

साथै सीमा नियन्त्रणमा कडाई गरेको छ । यस सुरक्षा रणनीतिमा अमेरिकी सेनाको पक्षमा बलियो अडान लिइएको पनि देखिन्छ । 

उनले अरु विश्वलाई सहकार्यभन्दा प्रतिस्पर्धामा जोड दिएका छन् । साथै उक्त रणनीतिमार्फत उनले रुस र चीनलाई अमेरिकाको सहकार्य होइन कि प्रतिस्पर्धी हुन् भनेको देखिन्छ । 

कुनै संघ वा व्यक्तिको नामै नलिई उनले अमेरिकाले आतङ्ककारीहरु, आतङ्कवादी संगठन, तथा विविध खालका अपराधिक सञ्जालहरुबाट हिंसाको सामना गर्नु परिरहेको र यो उसका लागि एक किसीमको चुनौती रहेको पनि बताका छन् । 

राष्ट्रपति ट्रम्पले अमेरिकी मान्यता र सम्पत्तिलाई अरु प्रतिश्पर्धीहरुले भने चुनौती दिने कोशिश गरिरहेको उल्लेख गरेका छन् । रासस/एएफपी

Logo