श्रीलङ्काकाे स्थानीय निर्वाचन फेब्रुअरीमा हुने

श्रीलङ्काकाे स्थानीय निर्वाचन फेब्रुअरीमा हुने

केन्द्रबिन्दु
0
Shares

कोलम्बो, ३ पुस ।

श्रीलङ्कामा फेब्रुअरी १० तारिखमा स्थानीय तहको निर्वाचन हुने भएको छ । देशभरिका ३४१ स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

त्यहाँका निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले डिसेम्बर २१ तारिखका दिनसम्म निर्वाचनका लागि उम्मेदवारी दर्ता आह्वान गरिएको बताएका छन्। 

स्थानीय निकायलाई श्रीलङ्कामा तेस्रो तहको सरकारी निकाय मानिन्छ । त्यसबाहेक यहाँ संसद र प्रदेश परिषद् पनि रहेका छन् । श्रीलङ्कामा गाँउ तहमा ४ हजार ९१४ ओटा निर्वाचन क्षेत्र रहेका छन् भने ती ठाँउबाट पाँच हजार ९२ जना जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् । रासस/सिन्ह्वा

 

Logo