भारतको मुम्बई सहरमा आगलागीबाट बाह्रको मृत्यु

भारतको मुम्बई सहरमा आगलागीबाट बाह्रको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली, ३ पुस ।

भारतको आर्थिक राजधानीको रुपमा रहेको मुम्बई सहरमा अवस्थित एक पसलमा लागेको आगलागीमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ ।

मुम्बईको खैरानी सडकमा रहेको भानु फरसान नामक पसलबाट सो आगलागी सुरु भएको थियो ।

सो पसलमा लागेको आगो अत्यन्त छिटो फैलिएको र सोही कारण १२ व्यक्तिको दुर्घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस घटनामा घाइते भएका व्यक्तिहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । कयौँ व्यक्ति नराम्ररी जलेका छन् ।

प्रहरीले आगलागीबाट ध्वस्त भएको यस भवनको भग्नावशेषमा अझै पनि ६ जना व्यक्ति पुरिएको जनाएको छ ।

यहाँका अग्निनियन्त्रणसम्बन्धी सरकारी अधिकारीहरुले आगो अहिले नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

यस घटनाको अनुसन्धान सुरु गर्न सरकारले सम्बन्धित अधिकारीहरुलाई आदेश दिएको छ । मुम्बईमा घर भत्किने, आगलागी हुने घटनाहरु निकै हुने गरेका छन् । एजेन्सी

Logo