पोपको ८१ औँ जन्मदिन मनाइयो

पोपको ८१ औँ जन्मदिन मनाइयो

केन्द्रबिन्दु
0
Shares

भेटिकन सिटी, पुस २: क्रिश्चियन धर्मगुरु पोप फ्रन्सिसको ८१ औँ जन्मदिन क्रिश्चियन समुदायले आइतबार हर्सोल्लासका साथ मनाएका छन् । 

जन्मदिनको अवसरमा धर्मगुरु पोपले सन्देश जारी गर्दै विश्वभरका बालबालिकालाई हर्षोल्लासका साथ उत्सव मनाउन आग्रह गरेका थिए । 

सो अवसरमा रोमन क्याथोलिक चर्चका प्रमुख धर्मगुरु अर्जेन्टिनी पोपले सेन्ट पिटर्स वर्गमा उनलाई ‘ह्यापी वर्थडे’ भनी शुभकामना व्यक्त गर्न भेला भएको भीडलाई धन्यवाद ज्ञापन गरेक थिए। 

जन्मदिन मनाउन पिटर्स वर्गमा जम्मा भएको भीडबाट विश्व समुदायलाई सन्देश दिँदै पोपले भने, “हामीले सोचे अनुसार विश्वभर गतिविधि त हुनसकेका छैनन् तर पनि सधैँ आनन्दी बनौँ ।”

 
धर्मगुरुको प्रार्थनामा भेला भएका क्रिश्चियन धर्माबलम्बीहरूलाई सम्बोधन गर्नुपूर्व आइतबार नै उनले बालबालिकालाई उनीहरूका अभिभावकले गर्ने कमजोरीका कारण चिन्तित हुनुपर्ने वाध्यताबाट टाढै राख्न आग्रह गरेका थिए । रासस/एएफ्पी

 

Logo