साउदी अरबमा अब हुने भयो मस्ती

साउदी अरबमा अब हुने भयो मस्ती

केन्द्रबिन्दु
0
Shares

रियाद, मंसिर २६ ।

साउदी अरबमा अब मस्ती हुने भएको छ । महिलाले बुर्काले अनुहार छोप्नुपर्ने समाज उदार हुँदैछ । सानो अपराधमा पनि कडा सजाय तोक्ने साउदी अरबमा मनोरञ्जनको माध्यम खुकुलो बनाइँदैछ । अब त्यहाँ मस्तसँग सिनेमा हेर्न पाइने भएको छ । साउदी अरबले दशकौंदेखि सिनेमाघर संचालनमा प्रतिवन्ध लगाएको थियो । उक्त प्रतिवन्ध अहिले हटाइएको छ ।

साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले यस्तो खुकुलो अवस्था ल्याएका हुन् । सामाजिक सुधारको शृंखलाको हिस्सामा यसलाई पनि एक मानिएको छ । अब सरकारले तुरुन्तै सिनेमाघरलाई लाइसेन्स दिनेवाला छ ।

सिनेमाघर खुलेपछि आर्थिक विकास हुने उनीहरुको बुझाइ छ । यसले विविधता पनि आउने बताइन्छ । अंग्रेजी नयाँ बर्षसँगै साउदी अरबमा सिनेमाघर संचालन हुने भएको हो । साउदीमा सन् १९८० को दशकमा सिनेमामाथि प्रतिबन्ध लगाइएको थियो । देशमा कट्टरपन्थी इस्लामी प्रभाव कम गर्न यस्तो निर्णय गरेको बताइन्छ । – एजेन्सी

Logo