श्रीलङ्का र भारतमा आँधीका कारण २६ जनाको मृत्यु

श्रीलङ्का र भारतमा आँधीका कारण २६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोलम्बो, १७ मङसिर । श्रीलङ्का र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

आँधीपछि आएको बाढीका कारण हजारौँ जना प्रभावित भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आँधीका कारण श्रीलङकामा १३ र भारतको केरला र तमिल नाडुमा पनि उत्तिकै संख्यामा गरी २६ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

आँधी प्रभावित क्षेत्रमा बाढी, विद्युत, टेलिफोनको समस्या भएको छ । मौसमविद्हरुले अझै धेरै ठूलो वर्षा हुनसक्ने पुर्वानुमान गरेका छन् ।

अत्याधिक ठूलो वर्षा भएका कारण दक्षिणी भारतका नदीको पानीको सतह अझै माथि आउने चेतावनी दिइएको छ ।

श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले १६ जिल्लाका ७७ हजार नागरिक आँधीबाट प्रभावित भएको जनाएको छ । प्रभावितमध्ये सबैभन्दा धेरै गाल्ले जिल्लाका रहेका छन् ।

प्रभावितमध्ये झन्डै ४ हजार जनालाई श्रीलङ्काको उद्धार शिविरमा राखेको केन्द्रले जनाएको छ ।

अधिकारीले अझै पनि प्राकृतिक प्रकोपको खतरा रहेको भन्दै सतर्क अवस्थामा रहन आह्वान गरेका छन ।

Logo