इजिप्ट ,९,मंशिर

इस्लामिक बिद्रोहीले इजिप्टको सिनाई प्रान्तको एक मस्जिदमा बम आक्रमण तथा अन्धाधुन्ध गोली चलाउँदा २३५ जनाको ज्यान गएको छ । "/>

इस्लामिक बिद्रोहीको बम आक्रमणबाट इजिप्टमा २३५ जनाको मृत्यु

इस्लामिक बिद्रोहीको बम आक्रमणबाट इजिप्टमा २३५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इजिप्ट ,९,मंशिर

इस्लामिक बिद्रोहीले इजिप्टको सिनाई प्रान्तको एक मस्जिदमा बम आक्रमण तथा अन्धाधुन्ध गोली चलाउँदा २३५ जनाको ज्यान गएको छ । इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबार आक्रमण भएको र त्यस क्रममा धेरै सर्वसाधारणको ज्यान गएको इजिप्टको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सिनाइ प्रान्तको वीर अल–अबेद बजारमा रहेको अल–रावदा मस्जिदमा आक्रमण भएको हो ।

आक्रमण भएका बेला शुक्रबार हुने नियमित प्राथनाका लागि मस्जिदमा मानिस जम्मा भएका थिए । आधुनिक इजिप्टको इतिहासमा यो आक्रमण सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी भएको आक्रमण हो । सन् ०१३ मा इजिप्ट सहितका क्षेत्रमा सुरु भएको इस्लामिक बिद्रोह यता भएको हो ठूलो आक्रमण हो । अहिले सम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । तर इस्लामिक स्टेट (आइएस) सम्बद्ध लडाकुले आक्रमण गरेको हुन सक्ने जनाइएको छ । ४० जना भन्दा बढीको समूहमा आएका आक्रमणकारीले मस्जिदमा नमाज पढिरहेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली चलाएका हुन् ।

Logo