राजिनामा दिन्न– राष्ट्रपति मुगाबे

राजिनामा दिन्न– राष्ट्रपति मुगाबे

केन्द्रबिन्दु
0
Shares

हरारे, १ मङ्सिर । जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहेका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन् ।

लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहेका छन् । उनले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ ।

यहाँको सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको छ । उनलाई भने उत्तराधिकारीको चयन गर्ने सम्बन्धी विवादमा भन्दै उजकै निवासमा नजरबन्दमा राखेको जनाइएको छ ।

हाल सेनाको नजरबन्दमा रहेका मुगाबे जिम्बावेमा लामो समयदेखि शक्तिमा रहेका थिए । उनी अहिले ९३ बर्षका भए । त्यसो त उनले आफ्ना दूतहरु र सेनाप्रमुखसँग वार्ता गरिरहेका छन् ।


सो विषयमा भने अहिलेसम्म केही पनि खुलाइएको छैन । तर उनले आफूले सत्ता छोड्न अस्वीकार गरेका समाचारहरु भने बिहीबार नै बाहिर आएका छन् ।

जिम्बावेको विपक्षी दलका नेताले भने मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बावेका जनताको हितमा हुने बताएका छन । सेनाले देशमा नियन्त्रण कायम गरेको छ तर यहाँ राजनीतिक दलका विरोध प्रदर्शन वा कुनै विरोधका कार्यक्रमहरु भएका छैनन् ।

राष्ट्रपति मुगाबेको सूचना स्रोतबाट प्राप्त विवरणहरुमा उनले राजीनामा दिन अस्वीकार गरिरहेको जनाइएको छ तर पनि उनी एक हिसाबले शान्तजस्तै रहेका छन् । उनले यस सैनिक हस्तक्षेपका बारेमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

उनले राजिनामा दिन नमानेपछि अब सेनाले के कस्तो रणनीति लिन्छ भन्ने बारेमा भने विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

उता केही अफ्रिकी मुलुकहरुका विदेशमीन्त्रीहरुको बैठकले भने जिम्बावेको सेनालाई कुनै पनि हालतमा सत्तामा लिएको नियन्त्रण फिर्ता लिन र देशलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरिरहेका छन् ।

मुगाबेको जिन्दगीका दश प्रमुख आरोह अवरोह

हारारे । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको जिन्दगीमा अहिलेसम्म दश मुख्य आरोह अवरोह भएका छन् ।

फेब्रुअरी २१, १९२४ मा मुगावेको जन्म सालिसबुरीको कुतामा मिसनमा बस्ने क्याथोलिक परिवारमा भएको हो ।

सन् १९६० मा विद्यार्थी र शिक्षकको रुपमा देश बाहिर क्रियाशिल भइरहेको बेला रहोमेसीआ फर्किए र उपनिवेस विरुद्ध लड्नका लागि नेश्नल डेमोक्र्याटीक पार्टीमा आवद्ध भए । त्यो पार्टी सन् १९६१ मा प्रतिबन्धित भएपछि मुगावेले जोसुआ कोमोको जिम्बाव्बे अफ्रिकी पिपुल्स युनियनमा आवद्ध भए ।

सन् १९६४ देखि ७४ सम्म मुगाबे राष्ट्रबादी गतिविधिहरुका कारण हिरासतमा परे । हिरासतमुक्त भएपछि भने उनले प्रतिबन्धित जेएएनयुुलाई नेतृत्व दिए । स्वेत शासक इआन स्मिथका विरुद्धमा संघर्ष सुरु गरे । सन् १९७२ देखि ७९ सम्म चलेको यो लडाँईमा २७ हजार जनाको मृत्यु भएको थियो ।

अप्रिल १८, १९८० मा १९६५ देखि एक पक्षीय रुपमा ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरिएको रहोडेसीआलाई पूर्ण रुपमा स्वतन्त्र भएको घोषणा गरियो र जिम्बाबे नामाकरण गरियो र मुगाबे प्रधानमन्त्री बने भने अर्का नेता कोमो गृहमन्त्री बने ।

फेब्रुअरी १९८२ मा कोमोलाई मुगाबे विरुद्ध लागेको अरोपमा हटाइयो । त्यसको एक बर्षपछि भएको हिंसाका कारण २० हजार मानिसको मृत्यु भयो ।

डिसेम्बर १९८७ मा मुगाबे संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति बने ।
फेब्रुअरी २००० मा पनि संविधान पुर्ननिर्माण भयो ।

मार्च २००८ मा विपक्षी नेता मोर्गान टीस्भाङीराईसँग मुगाबे पहिलो चरणमा राष्ट्रपति पदका लागि प्रतिश्पर्धा गरेर पून: निर्वाचित भए ।

डिसेम्बर २०१४ मा मुगाबेले आफुलाई सफल बनाउन सघाउनेहरुलाई बेवास्ता गरेर आफ्नो दोस्रो श्रीमती ग्रासलाई जेडएएनयु पीएफ पार्टीको अध्यक्षका रुपमा मनोनयन गरे।

नोभेम्बर १५, २०१७ मा उहाँलाई सेनाले घरमै नजरबन्दमा राखेको छ ।

Logo