१३ वर्षमा डाँकूसँग विवाह गरिन् यी सुन्दरीले, ब्रान्डेड चस्मा र जिन्सकी सौखिन

१३ वर्षमा डाँकूसँग विवाह गरिन् यी सुन्दरीले, ब्रान्डेड चस्मा र जिन्सकी सौखिन

केन्द्रबिन्दु
0
Shares

मुम्बई, ३० कात्तिक ।

निर्भय सिंह गुज्जर, यी हिरो होइनन् गुण्डा हुन् । फिल्मको होइन, वास्तविक जीवनकै गुन्डा हुन् । डकैती गर्छन् । उनको जीवनमा आधारित फिल्म बनेको छ, बीहड । यी अपराधीले दोस्रो पत्नी बसन्तीलाई १९९४ मा विवाह गरेका थिए । तर, मौका पाउनासाथ उनी पतिबाट उम्किएर भागिन् ।

निर्भयले उनको निकै खोजतलास गरे । र, १९९९ मा फेला पारे । त्यसपछि निर्भयले बसन्तीका भाइको हत्या गरिदिए । त्यसपछि उक्त भाइकी ११ वर्षीय छोरी सरलालाई आफ्नो साथमा राखे ।

दुई वर्षअघि उनले श्याम नामक एकजना केटालाई अपहरण गरे । उनै श्यामसँग सरलाको विवाह गराइदिए, १३ वर्षको उमेरमा । त्यसपछि सरला दस्यु सुन्दरीको रुपमा चर्चित भइन् ।

सानै उमेरमा सरलालाई बन्दुक बोक्न लगाइयो । बन्दुकसँग खेल्न लगाइयो । सुरुमा त उनी निकै दुःखी थिइन् । तर, पछि बिस्तारै अभ्यस्त हुँदै गइन् । जब निर्भयले उनको विवाह श्याम जाटवसँग गराइदिए, तब उनको पनि आफ्नो टिममा बोलबाला भयो । केही घटनामा उनी पनि मुसिएकी थिइन् । र, प्रहरीको वान्टेड लिस्टमा परेकी थिइन् ।
सरला ब्रान्डेड चस्मा र जिन्स टिसर्टकी सौखिन हुन् । यसका साथै खाकी वर्दी, कालो लिपिस्टिक, टीका, चुरा लगाउन मन पराउँछिन् ।

यससँगै उनी खतरनाक हतियार आफ्नो साथमा राख्छिन् । एजेन्सी

Logo