इरान,२८,कात्तिक

इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प आउँदा ठूलो धनजनको क्षति भएको छ । "/>

इरान भूकम्पमा ३४८ को मृत्यु : ६ हजार भन्दा धेरै घाइते

इरान भूकम्पमा ३४८ को मृत्यु : ६ हजार भन्दा धेरै घाइते

केन्द्रबिन्दु
0
Shares

इरान,२८,कात्तिक

इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प आउँदा ठूलो धनजनको क्षति भएको छ । शक्तिशाली भूकम्पमा परी यो खबर तयार पार्दा सम्म ३ सय ४८ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । एउटा इरानी उद्धार संस्थाले भूकम्प पछि ठूलो संख्यामा सर्वसाधारणहरू विस्थापित बनेका उल्लेख गर्दै ७० हजारका लागि तत्काल बासको आवश्यकता रहेको जनाएको छ । भूकम्पमा परी मारिनेमा सबैभन्दा बढी इरानको करमनशाह प्रान्तका मानिसहरू रहेको र भूकम्पबाट ६ हजार ३ सयभन्दा बढी घाइते भएको बताइएको छ ।

सीमा क्षेत्रमा आएको भूकम्पबाट इराकमा भने सात जनाको मृत्यु भएको पुष्टि भएको छ । ‘म मेरो घरमा खाना खाँदै बच्चाहरूसँग बसिरहेको थिएँ । घर एक्कासी जोडले हल्लिन थाल्यो । हामी त्यहाँबाट तत्काल भाग्न सफल भयौं,’ भूकम्पको महसुस गरेकी एक इराकी महिलाले भनिन्, ‘पहिले त मैले ठूलो बम विस्फोट भएको ठानें । तर त्यसपछि गाउँका सबै भूकम्प भन्दै चिच्याउँदै बाहिर निस्किएँ ।’ भूकम्पबाट इरानमा मात्रै ५ हजार ९ सय ५३ जना घाइते भएको जनाइएको छ । इरानको आपतकालीन सेवाका अध्यक्ष पिर हुसैन कुलिबन्दले भूकम्पमा परी सबैभन्दा बढी सारपोल–ए–जाहाब सहरमा क्षति पुगेको जनाएका छन् । सो सहरमा रहेको एउटा अस्पतालको भवन भत्किँदा सयौं घाइते भएको र एक जना महिला र उनको बच्चालाई सकुशल उद्धार गरिएको जनाइएको छ ।
एजेन्सी

 

Logo