दक्षिण एसिया आर्थिक सम्मेलन मङ्गलबारदेखि

दक्षिण एसिया आर्थिक सम्मेलन मङ्गलबारदेखि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २७ कात्तिक ।

दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा बृहत् रुपमा छलफल गर्ने उद्देश्यले मङ्गलबारदेखि यहाँ दशौँ दक्षिण एसिया सम्मेलन हुने भएको छ ।

वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्ट (साउती) ले संयुक्त रुपमा आयोजना गर्ने सम्मेलनमा दक्षिण एसियाली मुलुकका २०० भन्दा बढीको सहभागिता हुनेछ ।

सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का वाणिज्यमन्त्री, योजनाविद् एवं अर्थशास्त्री तथा सार्कका पर्यवेक्षक राष्ट्रका विज्ञको सहभागिता रहने योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिए ।

तीनदिने सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार सम्भावनाको खोजी, दिगो विकासका लक्ष्य, समावेशी विकास, मौसम परिवर्तन, अन्तरक्षेत्रीय लगानी, प्रकोप जोखिम न्यूनीकरणजस्ता १८ विषयमा गहन छलफल हुनेछ । रासस

Logo