रोसी ओलिभेरा भईन् मिस बमबम

रोसी ओलिभेरा भईन् मिस बमबम

केन्द्रबिन्दु
0
Shares

साँओ पाउलो, ब्राजिल, २१ कात्तिक । ब्राजिलमा बार्षिक रुपमा अयोजना हुने मिस बमबमको यो बर्षको उपाधी भोटिङको आधारमा एमेजोनास्की रोसी ओलिभेराले हात पारेकी छिन् ।

फाइनल चरणमा पुगेका १५ प्रतिस्पर्धिहरुलाई विभिन्न चरणमा सहभागी गराउदै निर्णय गरिएको थियो । एसएमएस भोटिङ र अनलाईन भोटिङको आधारमा निर्णय हुने हुनाले आयोजकले सहभागी युवतीहरुलाई विभिन्न सहरमा परेड समेत गराएका थिए ।

मिस बमबमको आयोजना प्रत्येक बर्ष विवादमा पर्ने गथ्र्यो । यसपटक पनि आयोजकले गत बर्षको जस्तो विवाद नहोस् भनेर सावधानी अपनाउदा पनि नयाँ किसिमका विवादहरु आए । गत बर्ष आयोजना भएको मिस बमबम प्रतियोगिता विजेता सुन्दरीले पुठ्ठा कृत्रिम रुपले ठुलो बनाउन सिलिकाको प्रयोग गरेको पाईएको थियो । कृत्रिम रुपमा पुठ्ठा ठुलो पार्न सिलिकाको प्रयोग गर्दा स्वास्थमा असर पर्ने भएपछि आयोजकले यसपटक १ सय ७ सेन्टिमिटर भन्दा ठुलो पुठ्ठा भएकालाई सहभागीतानै गर्न दिएको थिएन ।

अनलाईन र एसएमएस भोटिङको आधारमा मिस बमबमको चयन गर्ने प्रावधान भएपछि पहिलो चरणका केही सहभागिहरुले कम्प्युटर रोबोटको प्रयोग गरेर आफ्नो पक्षमा अत्याधिक भोट जम्मा गरेको पाईएको थियो । ४० हजार भोटहरु रोबोट मार्फत् गराएको पाईएपछि आयोजकले ६ जना सहभागिलाई निस्कासित गरेको थियो ।

Logo