राष्ट्रपति ट्रम्प दुई दिने भ्रमण निम्ति दक्षिण कोरियामा

राष्ट्रपति ट्रम्प दुई दिने भ्रमण निम्ति दक्षिण कोरियामा

केन्द्रबिन्दु
0
Shares

ओसान (दक्षिण कोरिया), २१ कात्तिक ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार दक्षिण कोरिया पुगेका छन् । उनी सोमबार जापानमा थिए ।

एसियाको भ्रमणका क्रममा आइतबार जापान पुगेका उनी जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुगेका हुन् ।

फ्रान्सेली समाचार समिति एएफपीका अनुसार राष्ट्रपति ट्रम्प एसियाको १२ दिने भ्रमणको दोस्रो देशका रुपमा दक्षिण कोरिया पुगेका हुन् । दक्षिण कोरिया उनको दुई दिने भ्रमण हो ।

उनको एयर फोर्स विमान दक्षिण कोरियाको ओसान सहरमा रहेको हवाई सैन्य क्याम्पको विमानस्थलमा मङ्गलबार बिहान अवतरण गरेको थियो ।

विमानस्थलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले राष्ट्रपति ट्रम्पलाई स्वागत गरेका थिए । राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न विमानस्थलमा दक्षिण कोरियाका उच्च पदस्थ अधिकारीहरु उपस्थित थिए ।

पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकास हुँदै परीक्षण गरेको थियो ।

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मन ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि ठूलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ । एजेन्सी

Logo