राष्ट्रपति चुनावमा पुटिन बिरुद्ध वयस्क नायिका

राष्ट्रपति चुनावमा पुटिन बिरुद्ध वयस्क नायिका

केन्द्रबिन्दु
0
Shares

मस्को, १७ कात्तिक । रसियामा अर्को बर्ष हुने राष्ट्रपति चुनावमा के होला भन्ने कौतुहलता अहिले देखि बढीरहेको छ । वर्तमान् राष्ट्रपति भ्लादिमिर पुटिनले तिन कार्यकाल रसियाको सर्वोच्च निकायमा विताइ सकेका छन् । उनी आगमी बर्ष पनि राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भैसकेको छ ।

रसियाको मात्र नभएर विश्वकै प्रभावशाली र शक्तिशाली राष्ट्रपतिको रुपमा रहेका भ्लादिमिर पुटिनको प्रतिद्वन्दिको रुपमा को आउला भन्ने अनुमान रसियामा भैरहेको छ । यस्तो अवस्थामा आगामी राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिनलाई चुनौति दिने सोचका साथ एक चर्चित वयस्क चलचित्रकी अभिनेत्री उत्रिने भएकी छिन् । मुर्मान्स्क शहरकी बासिन्दा उक्त अभिनेत्रीले पहिला आफ्नै शहरमा मेयरको रुपमा उम्मेदवार दिने सोचाई बनाएपनि पछि राष्ट्रपतिको निर्वाचनमा लड्ने सोचाई बनाएको कुरा आफ्नो इन्ष्टाग्राम एकाउन्ट मार्फत् सार्वजनिक गरेकी छिन् ।

२ सन्तानकी ३२ बर्षिया आमा एलेना बर्कोभाले आफ्नो ६ लाख ५० हजार फलोअर्स रहेको इन्ष्टाग्राम एकाउन्टवाट राष्ट्रपतिमा जितेमा बलात्कार र यौन दुब्र्यवहार गर्नेहरुलाई मृत्युदण्ड दिने कानून बनाउने बताइन् । एलेनाले आफ्नो घोषणा पत्रमा महिलालाई ४० सेन्टिमिटर भन्दा छोटो स्कर्ट लगाएमा अपराध मानिने, कुनै पनि श्रीमान्–श्रीमतीले पारपाचुके गर्न नपाउने र विद्यालयस्तरको पढाईमा यौन शिक्षालाई अनिवार्य रुपमा लगाईने बताईन् ।

आफ्नो उम्मेदवारी महिलाहरुलाई राजनीतिमा जागरुक र सक्रिय बनाउन भएको उनले इन्ष्टग्राममा अपलोड गरेको भिडियोमा बताएकी छिन् । एजेन्सी

Logo